मासिक ३ हजार किस्तामै टीभीएसको एनटर्क–१२५ किन्न सकिने

काठमाडौं । टीभीएस मोटरको लागि नेपालको आधिकारीक बितरक जगदम्बा मोटर्सले एनटर्क स्कुटरमा नयाँ अफर सार्वजनिक गरेको छ । 

यो अफर अन्तर्गत ग्राहकले मासिक ३ हजार रुपैयाँ तिरेर टीभीएस एनटर्क–१२५ चढ्न सक्नेछन् । 

यसअघि २४ महिनाको किस्ता बनाएर बिक्री हुँदै आएको यो स्कुटरमा कम्पनीले अहिले नयाँ अफर ल्याएर ४० महिनाको किस्ता बनाएको छ । यस योजनामा स्कुटर खरिद गर्ने मानिसले सुरुमा ५० प्रतिशत डाउन–पेमेन्ट गर्नु पर्नेछ । यो योजनामा स्कुटर खरीदगर्दा ग्राहकले ०.८८ प्रतिशत मासिक व्याजदर तिर्नुपर्ने हुन्छ । यो स्कुटरको शुरुवाति मूल्य नेपाली बजारमा २ लाख १४ हजार ९ सय रहेको छ भने टप भेरियन्टको मूल्य २ लाख २४ हजार ९०० रुपैयाँ रहेको छ । 

सार्वजनिक भएको छोटो समयमै स्थापित भएको एनटर्क स्कुटरको लोकप्रियतालार्इ मध्य नजर गर्दै यो योजना सार्वजनिक गरेको कम्पनीले जनाएको छ । 

स्कुटर सेग्मेन्टमा यो पहिलो फुल्लिलोडेड डिजिटल कन्सोल रहेको स्कुटर हो । उक्त स्कुटरमा स्पोर्ट मोड दिइएको छ, जसले रेसिङ डाटा, ल्याप समय स्क्रिनमा देख्न सकिन्छ । ३ ट्रिप मीटर, फ्यूल लेवल, स्पीड, इन्जिन टेम्परेचर, र घडीजस्ता फिचरहरु नर्मल मोडमा पाइन्छ ।

यस स्कूटरमा रहेको लो फ्यूल वार्निङले रिजर्वमा आएपछि कति दुरीपार गर्छ भन्ने देखाउँछ । हेलमेट लगाउन भुल्नेहरुलाई यसले स्टार्ट गर्नासाथ हेलमेटको आइकन डिस्प्लेमा देखाउने छ ।

१२५ सीसीको इन्जिन दिइएको यसले ९.३ बीएचपी पावर र १०.५ एनएम टर्क जेनेरेट गर्छ । यो स्कूटरमा ३ भल्ब टेक्नोलोजीको प्रयोग गरिएको छ । 

स्कुटरमा १२ इन्चको एलोइ ह्वील दिइएको छ भने, सेफ्टीको लागि ड्रम र डिस्क दुबै ब्रेक भेरिएन्टमा उत्पादन गरिएको छ । 

१ सय ५५ एमएम ग्राउन्ड क्लियरेन्स भएको टीभीएस एनटर्क स्कुटरमा पाँच लिटर क्षमताको फ्युल ट्यांक छ । यो स्कुटर विभिन्न चार रङमा उपलब्ध छन् ।


Back_to_top