हुन्डाई मोटर्स कम्पनीले अमेरिकाको लस भेगसमा आयोजित कन्जुमर इलेक्ट्रोनिक्स एक्स्पो–२०१९ मा आफ्नो कन्सेप्ट कार एलीभेटलाई प्रदर्शनीमा राखेको छ । कम्पनीले प्रदर्शन गरेको रोबोटिक कारको प्रोटोटाइप पाँच फिट अग्लो स्थानलाई सहजै नाघ्न सक्ने किसिमको रहेको छ ।
यो कारले सामुन्द्रिक आँधी तथा भुकम्पको समयमा घाइतेको उद्धार गर्र्न सहयोग पुर्याउने हुन्डाई मोटर्सले दाबी छ ।
एलिभेट संसारकै पहिलो अल्टिमेटिभ मोबिलिटी भेहिकल हो । यसमा इलेक्ट्रिक कार र रोबोट दुबै प्रविधीको प्रयोग गरिएको छ । यो कार जुनसुकै मार्गमा पनि सहजै गुड्न सक्ने कम्पनीको दाबी छ ।
यसमा लगाइएको चारवटा चक्का पहाड चढ्दा अग्लो हुनेछ भने सडकमा गुड्दा फोल्ड भएर कारको जस्तै हुनेछ । एलिभेट कार मानिसजस्तै पहाड चढ्नसक्छ । यो कारको चारैवटा पाङ्ग्रामा रोबोटिक लेग लगाइएको छ ।
यो कार मोडुलर इलेक्ट्रीक अवधारणामा आधारित छ । यसको प्रयोग आवस्यकता र अवस्था बमोजिम परिवर्तन हुने कम्पनीले जनाएको छ ।

