काठमाडौं भ्यू–टावर निर्माणमा जुट्यो लगानी, १८ महिनापछि बसपार्क सर्ने

काठमाडौं । २०७७ साल असार महिनासम्ममा टुँडिखेलको बसपार्क काठमाडौं भ्यू–टावरमुनि सर्ने दाबी निर्माण पक्षले गरेको छ । सम्झौता भएको झन्डै १ वर्षपछि निर्माण सुरु भएको काठमाडौं भ्यू–टावरको अन्डर–ग्राउण्डको निर्माण केही दिनमै सकिने भ्यू–टावरका सञ्चालक मनोज भेटुवालले बताए । 

४९ प्रतिशत लगानी हङ्कङका एनआएन समूहले गर्ने पक्का भएसँगै काठमाडौं भ्यू–टावर निर्माणले गति लिएको हो । सञ्चालक भेटुवालकाअनुसार अबको १८ महिनामा भ्यू–टावरको निर्माण सकाएर बसपार्कसमेत भ्यू टावरको अन्डर–ग्राउण्डमा सारिनेछ । 

काठमाडौं महानगरको डीपीआरअनुसार बन्न लागेको उक्त भ्यू–टावर ११.५ रेक्टर स्केलको भूकम्पसम्म थेग्न सक्ने गरी निर्माण भैरहेको भेटवालको दाबी छ । 

एनआरएनको लगानीमा खुलेका आईडीया फर नेपाल र मिड नेपाल नामक दुई कम्पनीले ४९ प्रतिशत लगानी गर्ने तय भएको भेटुवालले मेरोअटोलाई जानकारी दिए । 

‘अबको १८ महिनामा भ्यू–टावर बनिसक्छ, अहिले अन्डर–ग्राउण्ड निर्माणको काम चलिरहेको छ, अन्डर–ग्राउण्ड बनेपछि माथिको काम भटाभट हुन्छ,’ भेटुवालले भने । 

उनले निर्माणको २ वर्ष सकिने क्रममा रहेको र अर्को १८ महिनामा निर्माणको काम सकिने दाबीसमेत गरे । अन्डर–ग्राउण्डको काम गर्न धेरै कठिनाई भएकोले समय धेरै लाग्न गएको उनले दाबी गरे । 

‘हामी अन्डर–ग्राउण्ड नै ३ तल्लाको बनाउँदैछाँै, त्यो बनाउँदा प्रविधी र अनुमान दुबैको प्रयोग गर्नुपर्ने भएकाले त्यसमा समय धेरै खर्च भएको भेटुवालले जानकारी दिए । 

उनले अबको १० दिनमा अन्डर–ग्राउण्डको काम सकिने बताए । अन्डर–ग्राउण्डको काम सकिएपछि जमिनमाथि भवन खडा गर्ने काम तिब्र गतिमा अघि बढाइने उनको भनाई छ । 

सम्झौताको ५ वर्षसम्म निर्माण अवधि राखिएको उक्त स्थानको भाडा निर्माणको क्रममा वार्षिक १ करोड रुपैयाँ भाडा तिर्नुपर्नेछ ।

काठमाडौं महानगरको डीपीआरअनुसार बन्न लागेको उक्त भ्यू–टावर ११.५ रेक्टर स्केलको भूकम्पसम्म थेग्न सक्ने गरी निर्माण भैरहेको भेटवालको दाबी छ । 

यस्तो छ सम्झौंता

भ्यू टावर निर्माणका लागि कामपा र जलेश्वर, स्वच्छन्द र बिकोइ कम्पनीबीच विसं २०७१ फागुन २२ मा सम्झौता भएको थियो ।  ३० वर्षका लागि महानगरको उक्त जग्गा भाडामा लिएर कम्पनीले भ्यू–टावर निर्माण गरिरहेकाे छ । सम्झौताको ५ वर्षसम्म निर्माण अवधि राखिएको उक्त स्थानको भाडा निर्माणको क्रममा वार्षिक १ करोड रुपैयाँ भाडा तिर्नुपर्नेछ । त्यस्तै, निर्माण सकिएपछि उक्त ठाउँको भाडा वार्षिक २ करोड ४५ लाख रुपैयाँ महानगरलाई बुझाउनु पर्नेछ । 

भ्यू–टावर निर्माणको कुल लगानी साढे ७ अर्ब रुपैयाँको हाराहारीमा रहेको भेटुवालले जानकारी दिए । 

निर्माण सम्पन्न भएपछि १० देखि १५ वर्षभित्रमा लगानी उठाउने लक्ष्य लिएको उनले सुनाए । 

टावरका लागि २३ रोपनी ५ आना जग्गा छुट्याइएको छ । जसमध्ये ४० प्रतिशत भू–भागमा भवन बन्नेछ भने ६० प्रतिशत भाग खाली राखिनेछ । 

अहिले बालाजी र भिलेचा नामक भारतीय कम्पनीले निर्माणको काम गरिरहेको छ । अहिलेसम्म भएको निर्माणको लागि १ अर्ब ७० करोड रुपैयाँ बराबर खर्च भएको उनले बताए । 

यसरी आयो, भ्यू–टावर बनाउने योजना

भेटवालले आफू कोरिया गएको बेला १ सय २३ तल्ला ठूलो भवन देखेपछि नेपालमा पनि सबैभन्दा ठूलो टावर बनाउन सकिन्छ भन्ने सोचेको बताए । उनले कोरियाबाट फर्किएलगत्तै ठाउँको खोजी गरे । सधैँ हिँडिरहने बाटो बसपार्कमा उनको आँखा अड्डियो । 

त्यसपछि उनले टुँडिखेल अगाडि रहेको बसपार्कलाई भ्यू–टावर बनाउने योजना बनाएर र प्रस्ताव लिएर महानगरदेखि मन्त्रालयसम्म धाए । लामो समयको परिश्रमपछि अन्ततः आफूले भ्यू–टावर निर्माणको अनुमति पाएको उनले सुनाए ।

टावरका लागि २३ रोपनी ५ आना जग्गा छुट्याइएको छ । जसमध्ये ४० प्रतिशत भू–भागमा भवन बन्नेछ भने ६० प्रतिशत भाग खाली राखिनेछ । यस्तै, ६० प्रतिशत उक्त खाली जग्गामा आकर्षक बगैँचा, बस्ने ठाउँ तथा विभिन्न मनोरञ्जनका स्थल निर्माण गरिनेछ । 


Back_to_top