काठमाडौं । किया स्पोर्टेजको ‘जीटी लाइन’ भेरियन्ट भोलिबाट नेपाली बजारमा बिक्री वितरण सुरु हुने भएको छ । नेपालको लागि किया मोटर्सको आधिकारीक वितरक कन्टिनेन्टल ट्रेडिङ्ग इन्टरप्राइजेजले नयाँ स्पोर्टेज नेपाली बजारमा भोलि (शुक्रवार) सार्वजनिक गर्न लागेको हो ।
मीड साइज एसयूभीको रुपमा नेपाली सडकमा विगत दुई दशकदेखि गुड्दै आएको स्पोर्टेजको चौथो संस्करणको फेसलिफ्ट स्पोर्टेज जीटी लाइन मोडल साँच्चै लोभलाग्दो स्टाइलीस लुक्स र फुल्ली लोडेड फिचरहरुको साथमा आएको छ ।
किया मोटर्सको आइकनीक टाइगर नोज फ्रन्ट ग्रिलसहितको स्पोर्टेज जीटी लाइन स्पोर्टी तथा अग्रेसीभ देखिएको छ ।
यसको फ्रन्टमा प्रोजेक्टर तथा एलइडी हेडल्याम्प दिइएको छ । हेडलाइड वाइपरसमेत रहेको यो एसयूभीमा रहेको फग लाइट हालसम्म कसैले प्रयोग नगरेको चारवटा एलइडी बल्वसहितको युनिक रहेको छ । जसलाई दुबै तर्फ सिल्भर लाइनले कनेक्ट गरेको छ ।
अगाडिको कालो बम्पर तल सिल्भर कलरको स्केड प्लेटले गाडीको लुक्सलाई डियुल टोनसहित अझ स्पोर्टी बनाइएको छ । साइडमा फाइभ स्पोक डबल आर्म १९ इन्चको अलोय ह्वीलले यसलाई आकर्षक देखाएको छ ।
पछाडि प्रयोग गरेको एलइडी टेललाईट रेड स्ट्रीपले कनेक्टेड गरिएको छ र सो स्ट्रीप माथि रहेको क्रोमले यसलाई अझ सुन्दर बनाएको छ ।
रिभर्स क्यामरालाई चलाखिपूर्ण तरिकाले नम्बर प्लेट माथि लुकाइएको छ । पछाडि बम्पर र त्यसको तल सिल्भर कलरको स्केड प्लेटको प्रयोग भएको छ । यसको टेलगेट वानटचमा अटोमेटिकल्ली खुल्ने र बन्द हुने गर्छ ।
स्पोर्टेजको क्याविनमा सफ्ट टच मेटेरियलको प्रयोग गरिएको छ, जसले यसलाई प्रिमियम बनाएको छ । डोर ह्याण्डल तथा स्टेरिङ्ग ह्वीलमा लेदर फिनिसीङ्ग दिएको छ । स्टेरिङ्गमा म्युजिक तथा भ्वइस कन्ट्रोल तथा कु्रज कन्ट्रोलका सुइजहरु रहेका छन् ।
ड्यासबोडमा ७ इन्चको इन्फोटेन्मेन्ट सिस्टमका साथै आठवटा स्पीकरसहितको म्युजिक सिस्टम रहेको छ । इन्फोटेन्मेन्ट सिस्टमले एप्पल कारप्ले तथा एन्ड्रोइड अटो सपोर्ट गर्नेछ ।

यसमा प्रिमियम लेदर सिट, डियुल जोन क्लाइमेट कन्ट्रोल, ड्राइभर सिट हिटेड र कुलिङ्ग दुबै अप्सनसमेत दिइएको छ । स्टेरिङ्ग ह्वीलमा समेत हिटेड सिस्टम रहेको छ । ड्राइभर सिटलाई १० प्रकारले इलेक्ट्रिकल्ली एटजस्ट गर्न सकिने छ । पानारोमीक सनरुफले यो एसयूभीलाई उत्कृष्ट बनाएको छ ।
सुरक्षाका लागि यसमा अगाडि दुबैतर्फ एयरव्याग, इबीडीसहितको एबीएस, इएससी तथा डाउनहिल ब्रेक कन्ट्रोल, टे«लर स्टाबिलीटी एसीस्ट, ब्लाइन्ड स्टप कलीजन वार्नेङ्ग, लेन किप असिस्ट सिस्टम, हिल स्टार्ट असिस्ट कन्ट्रोल, टायर प्रेशर मोनीटरिङ्ग सिस्टम जस्ता आधुनीक सबै विशेषताहरु दिइएको छ ।
रिभर्स क्यामरा तथा रियर र फ्रन्ट पार्किङ्ग सेन्सरसहित बनेको यो एसयूभीले युरोपियन एनक्यापको क्र्यास टेष्टमा फाइभस्टार रेटिङ्ग पाएको छ ।
किया स्पोर्टेज एसयूभी नेपाली बजारमा पेट्रोल र डिजल दुवै इन्जिन अफ्सनमा उपलब्ध रहेको छ । २.० लिटरको सिआरडीआई डिजल इन्जिनमा रहेको स्पोर्टेज जीटी लाइनमा ८ स्पीडको अटोमेटिक ट्रास्मिसन दिइएको छ ।
त्यस्तै २.० लिटरको पेट्रोल इन्जिन अप्सनमा उपलब्ध स्पोर्टेज ६ स्पीडको म्यानुयल ट्रास्मिसनसहित आएको छ । फुल्ली लोडेड जीटी लाइनको नेपाली बजारमा मूल्य १ करोड १० लाख ९० हजार रुपैयाँ रहेको छ ।
पेट्रोल इन्जिनमा टु ह्वील ड्राइभ अप्सन स्पोर्टेजको मूल्य ६९ लाख ९० हजार रुपैयाँ र फोर ह्वील ड्राइभ डिजलको मूल्य ८६ लाख ९० हजार रुपैयाँ रहेको छ ।
नेपाली बजारमा किया स्पोर्टेजको प्रतिस्पर्धा जीपको कम्पास, हुण्डाईको टुशान, रेनोको क्याप्चर तथा महिन्द्राको एक्सयुभी ५०० सँग हुनेछ ।


