काठमाडौं । टीभीएसको नयाँ स्कुटर नेपाल भित्रिएको छ । कम्पनीले टीभीएस एनटर्क १२५ को नयाँ एडिशन रेस एक्सपी नेपाली बजारमा विक्री सुरु गरेको हो ।
जगदम्वा मोटर्सले नेपालमा नै पहिलो स्मार्ट स्कुटरको रुपमा नेपाल भित्र्याएको एनटर्क १२५ रेस एक्सपीमा भने पहिलो पटक नयाँ भोइस-असिस्ट फिचर युक्त स्मार्ट कनेक्ट कनेक्टिभिटी फिचर रहेको छ ।
यसमा मोड चेन्ज, नाभिगेसन, कन्सोल ब्राइट्नेस अड्जस्टमेन्ट र डिएनडि लगायत अन्य थुप्रै कनेक्टिभिटि फिचरहरु समावेश गरिएको छ ।
योसँगै एनटर्क १२५ अब ५ भेरियन्टमा उपलब्ध हुने भएको छ । एनटर्क १२५ ड्रम, एनटर्क १२५ डिस्क, एनटर्क १२५ रेश, एनटर्क १२५ सुपर स्क्वाड एडिशन र एनटर्क १२५ रेस एक्सपी भेरियन्टसँगै ५ भेरियन्टमा उपलब्ध हुने भएको हो । एनटर्क रेस एक्सपीमा नयाँ ग्राफिकको प्रयोग गरिएको छ ।
टीभीएसले यसको इन्जिन पर्फमेन्समा समेत सुधार ल्याएको जनाएको छ भने, स्मार्ट कनेक्ट सिस्टमलाई थप मजबुद गरेको छ । एनटर्क १२५ पहिलो भ्वाइस असिस्ट सिस्टम उपलब्ध रहेको पहिलो स्कुटर बनेको छ । यसमा रहेको भ्वाइस असिस्टको प्रयोग गरेर नेभिगेशन, राइड मोड चेन्ज, कन्सोलको ब्राइटनेस कन्ट्रोल जस्ता १५ प्रकारका कमान्ड प्रयोग गर्न सकिने छ ।
पहिलेको तुलनामा कम तौलमा आएको रेस एक्सपी भेरियन्टमा पनि १२४.८ सीसी सिंगल सिलिन्डर एफआई इन्जिन रहेको छ । यो इन्जिनले १०.२ पीएस पावर तथा १०.८ एनएम टर्क जेनेरेट गर्छ । १२५ सिसि सेग्मेन्टमा १० पीएसभन्दा धेरै पावर हुने यो नेपालकै एक मात्र स्कुटर भएको कम्पनीको दावी छ ।
जगदम्वा मोटर्सले एनटर्क १२५ रेस एक्सपीको मूल्य ३ लाख ५ हजार ९०० रुपैयाँ निर्धारण गरेर विक्री सुरु गरेको छ ।


