टीभीएस एनटर्क रेस एडिसनको बुकिङ्ग खुल्ला, यस्तो छ मूल्य

काठमाडौं । स्कुटर अफ द इयरको अवार्ड बिजेता टीभीएस एनटर्क १२५ को  रेस एडिसनको नेपाली बजारमा बुकिङ्ग खुलेको छ । नेपाली बजारमा लोकप्रिय रहेको एनटर्क १२५ को रेस अडिसन नेपाली बजारमा प्रतिक्षित स्कुटर रहेको छ । एनटर्क रेस भर्सन भारतको गोवामा सम्पन्न मोटो शोल २०१९ मा प्रदर्शन गरिएको यो स्कुटर नयाँ बर्षलाई लक्षित गरेर सार्वजनिक गर्ने तयारी कम्पनीले जनाएको छ ।

अक्टोवर १८ र १९ मा भारतको गोवामा सम्पन्न भएको टीभीएस माटो शोल २०१९ मा नयाँ एनटर्क २०२० को प्रदर्शनी गरिएको नयाँ एनटर्कले उक्त मोटो शोलमा आगन्तुकको ध्यान आर्कषण गर्न सफल भएको थियो ।

एनटर्क १२५ फेसलिफ्ट नयाँ एलइडी सेटअपमा रहेको छ । हाल हेलोजीन हेडल्याम्प रहेको स्कुटरमा अझै धेरै भिजिवलिटी सहितको नयाँ डिजाइनको एलइडी हेडल्याम्पमा दिइएको हो

एनटर्कको रेगुलर मोडलमा रहेको टी सेप टेलल्याम्पलाई नयाँ मोडलमा समेत निरन्तरता दिइएको छ । आर्कषक डिजाइनमा दिइएको डे–टाइम रनिङ एलइडी हेडल्याम्पले यो स्कुटरलाई अझै स्पोर्टी बनाएको छ ।

सार्वजनिक भएको छोटो समयमा एक लाखको माइलस्टोन पुरा गरेको यो स्कुटरले सुजुकी एसेस, होन्डा ग्राजिया जस्ता स्कुटरसँग प्रतिस्पर्धा गरिरहेको छ । कम्पनीले एनटर्क १२५ मा कुनै मेकानिकल परिर्वतन भने गरेको छैन । 

टीभीएस एनटर्क १२५ मा १२४.७ सीसी सिगंल सिलिन्डर, एयर कूल्ड इन्जिन रहेको छ । यसले ९.५ पीएस तथा १०.५ एनएम टर्क जेनेरेट गर्छ । 

यसमा स्मार्ट एक्सकनेक्ट द्धारा ब्लुटुथ कनेन्ट गरी कल डिटेल, जीपीएस जस्ता फिचरको प्रयोग गर्न सकिन्छ ।

नयाँ फेसलिफ्टको मूल्य २ लाख ४५ हजार रुपैयाँ रहने अनुमान गरिएको छ । यद्यपी कम्पनीले अबको केही दिनमा यसको मूल्य टुङ्गो लगाउने जानकारी दिएको छ । 


Back_to_top