भरतपुर । शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले भरतपुर स्थित आफ्नो आधिकारीक शोरुमबाट यूवा लक्षित १ सय २५ सीसी क्षमताको मोटरसाइकल रेडर १२५ सार्वजनिक गरेको छ ।
कलाकार सहितको टीमले ‘टीभीएस सप्तरंग ३’ कार्यक्रम संचालन गरिरहेको छ । यही अवसरमा कम्पनीले विजिध कार्यक्रमसहित रेडर १२५ भरतपुरमा सार्वजनिक गरेको हो ।
१२५ सीसी सेग्मेन्टमा अत्याधुनिक फिचर्सले सुसज्जित नयाँ मोटरसाइकलको चर्चित हास्य कलाकार सन्दीप छेत्री, राजा राजेन्द्र पोखरेल, गायक राम कृष्ण ढकाल, बद्री पङ्गेनी, गायिका मिलन नेवार र अस्मिता अधिकारीको उपस्थितिमा सार्वजनिक भएको हो ।
यूवा लक्षित यस स्पोर्टी मोटरसाइकलमा पावर, स्टाइल र पर्फमेन्सको बजेड कम्बिनेशन पाउन सकिन्छ ।यसमा एलसीडी डिजिटल स्पीडोमिटर, थ्रीभी आईटच स्टार्ट, एनिमलिस्टिक एलईडी हेडल्याम्प जस्ता फिचर पाउन सकिन्छ ।


