बुटवलमा खुल्यो स्कोडाको नयाँ ‘स्टेट-अफ-द-आर्ट’ शोरुम

काठमाडौं । नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले बुटवलमा नयाँ स्टेट-अफ-द-आर्ट थ्रिएस (सेल्स, सर्भिस र स्पेयर्स) फेसिलिटी सुरु गरेको छ । अब रोडवेज लाइफस्टाइलले पश्चिमी नेपालमा स्कोडाको विक्री र विक्रीपछिको सेवाको जिम्मेबारी पाएको हो ।

नेपाली बजारमा स्कोडाको पकड बलियो बनाउन र स्कोडा कारको उपलब्धता बढाउन एमएडब्लू स्कोडाले आफ्नो डिलर सञ्जाललाई विस्तार गरेको जनाएको छ । एमएडब्लूले सन् २००८ देखि नेपालमा स्कोडा कार भित्र्याउन सुरु गरेको थियो ।

स्कोडाको नयाँ सोरुमको उद्घाटन पाँच नम्बर प्रदेशका उद्योग तथा वाणिज्यमन्त्री अजय शाही र एमएडब्लू स्कोडा डिभिजनका कार्यकारी निर्देशक रौनक अग्रवालले संयुक्त रुपमा गरेका हुन् ।

‘हामी हाम्रो ग्राहकको सुविधाका लागि स्कोडा सञ्जालको विस्तार गर्न र युरोपको चर्चित कारको पहुँचलाई प्रत्याभुत गर्न प्रतिबद्ध छौं । उत्कृष्ट कस्टमर एक्सपिरियन्सका लागि हामीले बुटबलमा नयाँ स्टेट–अफ–द–आर्ट स्कोडा शोरुम ल्याउन पाउँदा हामीलाई खुसी लागेको छ,’ एमएडब्लू स्कोडाका रौनक अग्रवालले भने ।

उद्घाटन समारोहपछि प्रदेशमन्त्री अजय शाहीले स्कोडा बुक गरेका ग्राहकहरुलाई साँचो हस्तान्तरण गरेका थिए ।

स्कोडाको नयाँ डिलर रोडवेज लाइफस्टाइलले दुई दिने विशेष ‘टेस्ट ड्राइभ इभेन्ट’ पनि आयोजना गर्दैछ । यो अवधिमा स्कोडा कार बुकिङ गर्ने ग्राहकले आकर्षक ‘क्यास डिस्काउन्ट’, निःशुल्क सडक कर, ‘एक्सचेन्ज बोनस’को सुविधा पाउने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

हाल पोेखरा, नारायणघाट, विराटनगर, विरगंज, बिर्तामोड, जनकपुर, धनगढी र काठमाडौंमा स्कोडाको डिलरसिप रहेको छ ।


Back_to_top