काठमाडौं । मोटरसाइकल किन्न ऋणको खोजीमा हुनेलाई मध्यनजर गर्दे काठमाडौंको भृकुटीमन्डपमा मेला आयोजना गरिएको छ ।
नेपालको लागि टीभीएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले फाइनान्स तथा एक्स्चेञ्ज मेला ‘सुपर सिजन फाइनान्स फेयर’को आयोजना गरेको हो । कम्पनीका अनुसार नेपालमै पहिलो पटक आयोजन भइरहेको यो विशेष किसिमको मेला हो ।
हिजो असार ४ गते बुधबारदेखि ८ गते आइतबारसम्म चल्ने उक्त मेलामा ग्राहकले उत्कृष्ट फाइनान्स सुविधा, एक्चेञ्ज अफरका साथै बचतको सुनौलो अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

उक्त योजना अनुसार ५० प्रतिशत डाउन-पेमेन्ट गर्ने ग्राहकले सुन्य प्रतिशत ब्याजदरमा मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्ने छन् । यदि ग्राहकले २० प्रतिशत मात्र डाउन-पेमेन्ट गरेको खन्डमा भने ७.९९ प्रतिशत ब्याजदरमा आफुले चाहेको मोडल खरिद गर्न सक्ने छन् ।

‘मेलामा व्याजदरको अलावा ग्राहकले स्क्य्राच कार्डमार्फत् ७ हजारदेखि १ लाख रुपैयाँसम्म हातखाली नजाने नगद पुरस्कार जित्न सक्ने छन् । यसका साथै बाइक खरीद गर्ने प्रत्येक ग्राहकले टीभीएसका हेलमेट, बाइक कभर र रेनकोटसमेत दिनेछौं’ जगदम्बा मोटर्सका सेल्स एण्ड बिजनेश डेभलपमेन्ट डिभिजनका जनरल मेनेजर दिपकप्रसाद रौनियारले बताए ।

२० प्रतिशत डाउनपेमेन्ट गर्ने ग्राहकलाई टीभीएसले मासिक ५ हजार ५ सय रुपैयाँ किस्ताबाटै बाइक दिन सुरु गर्नेछ । साथै हरेक एक्स्चेञ्जमा ३० हजारसम्मको एक्स्चेन्ज बोनस पनि प्राप्त गर्ने छन् ।
टीभीएसले आफ्ना ग्राहकहरुलाई ५ वर्षको वारेन्टी, स्पर्ट एक्स्चेञ्ज, फाइनान्स सुविधा प्रदान गर्दै आएको छ । देशभर १०० भन्दा बढी डिलरको सञ्जालमार्फत् टीभीएसले आफ्ना उत्पादन बिक्री वितरण गर्दै आएको छ ।

