१ लाख १६ हजारमा टीभीएसको दुई पाङग्रे सवारी साधन

काठमाडौं । टीभीएसको आधिकारीक वितरक जगदम्बा मोटर्सले १ लाख १५ हजार ९०० रुपैयाँ मूल्य निर्धारण गरेर एक्सएल १०० विक्री गर्दै आएको छ । विशेषत सामान ओसार-पसारमा उपयोगी हुने एक्सएल १०० व्यवसायमा लागेका मानिसको रोजाइमा पर्ने गरेको छ ।

व्यवसाय गर्ने मानिस लक्षीत यो हेभी ड्यूटी स्कुटरको विक्री नेपाली बजारमा राम्रै संख्यामा रहेको कम्पनीले जानकारी दिएको छ । साथै, कम्पनीका अनुसार सामान ओसार-पसार गर्ने मानिसको लागि कम मूल्य र थोरै संचालन लागत भएको यो स्कुटर निकै उपयोगी रहेको छ ।

कम्पनीले यसमा ९९.७ सीसी क्षमताको फोर स्टोक सिंगल सिलिण्डर इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ६००० आरपीएममा ४.३ बीएच पावर र ३५०० आरपीएममा ६.५ एनएम टर्क प्रदान गर्नेछ । यसमा ४ लिटर इन्धन अट्ने फ्यूल ट्याङक दिइएको छ भने सिंगल स्पीड गियरबक्स उपलब्ध रहेको छ ।

नेपालमा एक्सएल १०० र एक्सएल १०० आई-टच दुई भेरियन्टमा यसको विक्री वितरण भइरहेको छ । यसको आई-टच भेरियन्टको मूल्य १ लाख २८ हजार ९०० रुपैयाँ रहेको छ ।

नेपाली बजारमा क्रिी हुने कुनैपनि किसिमको इन्धनबाट चल्ने सवारी साधनमा प्यासेन्जर वा सामान बोक्न मिल्ने सबैभन्दा सस्तो मूल्यको साधन एक्सएल १०० नै हो ।


Back_to_top