काठमाडौं । होन्डा एक्स ब्लेड भर्सेस टीभीएस अपाचे आरटिआर १६० फोर भी भर्सेज यमाहा एफ जेडएस भि २.० एफआई
काठमाडौं । नेपालमा दुइपाँग्रे सवारी साधन अन्तर्गत मोटरसाइकलको बजार तिब्र गतिमा बिस्तार भैरहेको छ । मोटरसाइकल किन्न र चढ्न चाहने मानिसको संख्या बढेसँगै रोजाइ, इच्छा र ग्राहकको क्षमता अुनसारका मोटरसाइकल बजारमा आइरहेका छन् ।
आकर्षक बनोट, उच्च पर्फमेन्स र उत्कृष्ट मूल्यका मोटरसाइकल नेपाली बजारमा उपलब्ध रहेका छन् । यसैबीच, हामीले बनावट, मूल्य, इन्जिन पावर, क्षमता, विशेषतालगायतका पक्षमा निक्कै समानता रहेका होन्डा एक्स ब्लेड, टीभीएस अपाची आरटीआर फोरभी र यामाहा एफ जेडएस भि २.० बिच तुलनात्मक भिन्नता केलाउने प्रयास गरेका छौं ।
इन्जिन
टीभीएस १६० फोर भी मा १५९.७ सीसी सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भ इन्जिन रहेको छ । यसले १६.५ पीएस पावर ८००० आरपीएममा र १४.८ एनएम टर्क ६५०० आर पीएममा जेनेरेट गर्छ । यसमा पावर राइडिङको लागि सुपर स्लिक मेटेड ५ स्पीड गियर बक्स रहेको छ ।
होन्डा एक्स–ब्लेडमा १६२.७ सीसीको सिंगल सिलिन्डर, एयर कुल्ड इन्जिन छ, जसले ८५०० आरपिएममा १३.९३ बीएचपी पावर र ६०० आरपीएममा १३.९ एनएम टर्क प्रदान गर्छ ।
यामाहा एफ जेडएस भि २.० एफआइमा उपलब्ध फ्युल इन्जेक्शन एयर कुल्ड इन्जिनले ८००० आरपिएममा १२.९ बीएच पावरका साथै ६००० आरपीएममा १२.८ एनएम टर्क उत्पादन गर्छ ।

पावरको हिसावले हेर्दा यी तीन बाइकमा टीभीएस अपाची १६० उत्कृष्ट रहेको छ ।
माइलेज
टीभीएस १६० फोर भीमा १२ लिटर क्षमताको इन्धन ट्यांकी लगाइएको छ । यसले प्रतिलिटर ३५ किलोमिटर माइलेज प्रदान गर्ने कम्पनीले जनाएको छ । होन्डा एक्स ब्लेडले प्रतिलिटर ४५ किलोमिटर माइलेज प्रदान गर्छ । यस्तै यामाहा एफजेडएस भि २.० एफआइले प्रतिलिटर ५० किलोमिटर माइलेज प्रदान गर्ने कम्पनीको दावी रहेको छ ।

माइलेज धेरै चाहनेको लागि यामाहा एफजेडएस सबैभन्दा उपयूक्त छनोट हुनेछ ।
तौल र डायमेन्सन
टीभीएस अपाचे १६० फोर भीको तौल १४३ किलोग्राम रहेको छ । यसको लम्बाई २०५० एमएम, चौडाई ७९० एमएम र उचाई १०५० एमएम रहेको छ । यसमा १३५७ एमएमको ह्वीलवेश लगाइएको छ भने, १८० एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको छ । यसको सिट हाइट ८०० एमएम रहेको छ ।
होन्डा एक्स–ब्लेडको तौल १४० किलोग्राम रहेको छ । यसको लम्बाई २०१३ एमएम, चौडाई ७८६ एमएम र उचाई १०१५ एमएम रहेको छ । यसमा १३४७ एमएमको ह्वीलवेश दिइएको छ भने, १६० एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको छ ।
यामाहा एफजेडएस भि २.० एफआइको तौल १३२ किलोग्राम रहेको छ । यसको लम्बाई १९९० एमएम, चौडाई ७७० एमएम र उचाई १०३० एमएम रहेको छ । १३३० एमएमको ह्वीलवेशका साथै १६० एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको छ । यसमा ७९० एमएमको सिट हाइट दिइएको छ ।
उच्च ग्राउन्ड क्लियरेन्सको लागि टीभीएस अपाची १६० फोर भी सबै राम्रो रहेको छ भने हलुका बाइकको चाहना राख्नेको रोजाईमा यामाहा एफजेडएस पर्न सक्छ ।
चेसिस, सस्पेन्सन, ब्रेक र टायर
टीभीएस अपाचे आरटीआर १६० फोर भीमा डबल क्रेडल स्प्लिट स्क्रान्को स्टिफ चेसिस दिइएको छ भने अन्य दुई मोटरसाइकलमा डायमन्ड चेसिस लगाइएको छ । तीन ओटै मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपिक फर्क र रियरमा मनोशक सस्पेन्सन दिइएको छ ।
होन्डा एक्स ब्लेड र एफजेड २.० को रियरमा समान १३० एमएमको ड्रम ब्रेक दिइएको छ । टीभीएस १६० फोर भीको रियरमा २०० एमएमको डिस्क तथा फ्रन्टमा २७० एमएम डिस्क ब्रेक रहेको छ । होन्डा एक्स–ब्लेडको फ्रन्टमा २७६ एमएम र यामाहा एफ जेड भि२.०मा २४२ एमएम डिस्क ब्रेक रहेको छ । तिनवटै मोटरसाइकलमा १७ इन्च आलोय ह्वील लगाइएको छ ।
विशेषता
टीभीएस १६० फोर भीमा रेसिंग डबल ब्यारल एक्जस्ट, रोटो पेटल डिस्क ब्रेक, फुल्ली डिजीटल स्पीडोमिटर, फोम इन प्लेस सिट, अग्रेशिप ट्यांक कावल, अग्रेशिप हेडल्याम्प, इन्जिन कावलको जस्ता विशेषता दिइएको छ । यी विशेषता भने अन्य दुई मोटरसाइकलमा दिइएको छैन ।

त्यस्तै, तिन वटै मोटरसाइकलमा डिजिटल स्पीडोमिटर र टेकोमिटर, ट्रिपमिटर, पिलन ग्राबेल, पिलन सिट, फ्युल गज, एलइडी हेडलाइट, एलइडी टेललाइटको विशेषता दिइएको छ ।
मूल्य
नेपाली बजारमा टीभीएस अपाची १६० फोर भीको मूल्य २ लाख ८५ हजार ९ सय रुपैयाँ रहेको छ । होन्डा एक्स–ब्लेडको मूल्य २ लाख ८५ हजार ९ सय रुपैयाँ र यामाहा एफजेडएस २.० एफआइको मूल्य २ लाख ७७ हजार ९ सय रुपैयाँ रहेको छ ।


