बजाज चेतकका दुई नयाँ इलेक्ट्रीक स्कुटर नेपाल आउँदै

काठमाडौं । नेपाली बजारमा बजाज चेतक इलेक्ट्रीक स्कुटरका दुई नयाँ मोडल आउने भएका छन् ।

नेपालका लागि बजाज चेतकको आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले चाँडै चेतक सी २५०१ र सी ३५०३ मोडल नेपाल भित्र्याउने भएकोे हो ।

कम्पनीले यी स्कुटर नेपालमा कहिले लन्च हुन्छन् भन्ने आधिकारिक मिति घोषणा गरेको छैन । तर, यही साउनमा आयोजना हुने नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गर्ने अनुमान गरिएको छ ।

कम्पनीले हाल चेतक सी ३५०१ मोडल बिक्री गर्दै आएको छ । थप दुई नयाँ मोडल ल्याउने भएसँगै ग्राहकले थप विकल्प पाउने छन् ।

चेतक सी २५०१ तुलनात्मक रूपमा सस्तो र किफायती संस्करण हुने अपेक्षा गरिएको छ । कम्पनीले यसलाई पूरै नयाँ चेसिस फ्रेममा तयार पारेको छ ।

यसमा एलईडी डीआरएल, फ्ल्याट फुटबोर्ड र यू आकारको एलईडी टेललाइटका साथै गोलाकार एलईडी हेडल्याम्प रहेको छ । यो मोडलको तौल मात्र १०७ किलोग्राम छ । यसमो सिट मुनि २५ लिटर क्षमताको स्टोरेज पाइन्छ।

चेतक सी २५०१ मा एलसिडी इन्स्ट्रयुमेन्ट कन्सोल, ब्लूटुथ कनेक्टिभिटी सिस्टम, यूएसबी चार्जिङ पोर्ट, हिल होल्ड असिस्ट, रिभर्स, इको र स्पोर्ट मोड दिइएको छ ।

कम्पनीले यसमा २।५ किलोवाट आवरको ब्याट्रीप्याक दिएको छ । यसले एक पटकको फुलचार्जमा ११३ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ । यसको टप स्पीड प्रतिघण्टा ६० किलोमिटर रहेको छ । यो स्कुटर ४ घण्टामा फुल चार्ज हुनेछ ।

त्यस्तै, चेतक सी३५०३ लाई भने प्रिमियम मोडलका रूपमा हेरिएको छ । प्रिमियम इलेक्ट्रिक स्कुटर हो। यसमा ३।५ किलोवाट आवरको लिथियम(आयन ब्याट्री छ । जसले एकपटकको फुलचार्जमा १५३ किलोमिटरसम्म रेन्ज दिने आईडीसीले प्रमाणित गरेको छ । यसको टप स्पीड प्रतिघण्टा ७० किमी रहेको छ ।

यसमा ३५ लिटरको ठूलो बुट स्पेस, कलर एलसीडी डिस्प्ले, फुल मेटल बडी, हिल होल्ड असिस्ट, इको र स्पोर्ट राइड मोड, ब्लुटुथ कनेक्टिभिटी, कल तथा नोटिफिकेसन, म्युजिक कन्ट्रोल, रिभर्स मोड, कम्बाइन्ड ब्रेकिङ सिस्टम लगायत फिचर छन् ।


Back_to_top