लकडाउनपछि तीन लाखभन्दा कम मूल्यमा किन्न सकिने ५ मोटरसाइकल

काठमाडौं । अहिले लकडाउनको समयमा सबै किसिमका सवारीसाधनहरुको बिक्री वितरण रोकिएको छ । कोरोना भाइरसको संक्रमणले थलिएको विश्व अर्थतन्त्रमा निकै ठूलो क्षती गरेको छ । यस्तोमा मोटरसाइकलको बिक्री कस्तो रहन्छ भन्ने धेरैको चासोको विषय बनेको छ ।
नेपाल जस्तो देशमा दुईपांग्रे सवारीसाधान अन्तर्गत मोटरसाइकल प्रति रुचि राख्ने मानिसको संख्या बढेको पाइन्छ । विशेषतः युवापुस्तामा मोटरसाइकल प्रतिको आकर्षण उच्च रहेको छ ।

युवा पुस्ताको रुचीलाई ध्यानमा राख्दै विभिन्न मोटरसाइकल कम्पनीले आकर्षक मूल्य, विशेषता, ब्रान्डका मोटरसाइकल बिक्री गर्दै आएका छन् । हाल नेपाली बजारमा १ लाख ५० हजारदेखि ८५ लाख मूल्यसम्मका मोटरसाइकलको बिक्री वितरण भइरहेको छ ।

कोरोना संकटपछि विकासशिल देशहरुमा दुई पाङ्ग्रे सवारीसाधनको बिक्री बढ्ने अनुमान गरिएको छ । सार्वजनिक यातायातमा यात्रा गर्नेहरुको मनमा डर पैदा भएको अहिलेको अवस्थामा मोटरसाइकलको बिक्री नेपालमा पनि बढ्ने अनुमान गरिएको छ ।

मोटरसाइकलमा रुचि राख्नेहरुले आफ्नो कमाई, रुची र आवश्यकता अनुरुपका बाइक किन्न सक्छन् । तीमध्ये लामो समयदेखि नेपाली बजारमा मोटरसाइकल बिक्री गर्दै आएका पाँच कम्पनीका तीन लाखभन्दा कम मूल्यका पाँच मोटरसाइकहरू यस्ता छन् ।

पल्सर १५० डबल डिस्क

विगत एक वर्ष अघि परिमार्जन भएको बजाज पल्सर १५० टीडी २ लाख ६८ हजार ९ सय रुपैयाँमा बिक्री भैरहेको छ । पल्सर १५० मा १४९.५ सीसी सिंगल सिलिन्डर ट्वाइन स्पार्क मोटर लगाइएको छ ।

उक्त इन्जिनले १४ पीएस पावरका साथै १३.४ एनएम टर्क उत्पादन गर्छ । इन्जिनमा ५ स्पीड गियरबक्स लगाइएको छ । यसको स्पेशल एडिशन रातो, कालो र सिल्भर ब्लाक तीन कलर अप्सनमा उपलब्ध रहेको छ ।

आरटीआर १६० फोर भी

नेपाली बजारमा आरटीआर १६० फोर भी २ लाख ८८ हजार ९ सय रुपैयाँमा बिक्री भैरहेको छ । बाइकमा १५९.७ सीसी सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भ इन्जिन रहेको छ ।

उक्त इन्जिनले १६.५ पीएस पावर ८००० आरपीएममा र १४.८ एनएम टर्क ६५०० आरपीएममा उत्पादन गर्छ । यो बाइकमा एलईडी हेडलाइट, एलईडी टेल लाइट र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरजस्ता फिचर रहेका छन् ।

यामाहा एफजेड भी २

तिन लाखभन्दा कम मूल्यको आकर्षक बाइक एफजेड भी २ को मूल्य २ लाख ७७ हजार ९ सय रुपैयाँ रहेको छ । यसमा उपलब्ध फ्युल इन्जेक्शन एयर कुल्ड इन्जिनले ८ हजार आरपीएममा १२.९ बीएच पावरका साथै ६ हजार आरपीएममा १२.८ एनएम टर्क उत्पादन गर्छ ।

मोटरसाइकलमा डिजीटल स्पिडोमिटर र टेकोमिटर, ट्रिपमिटर, पिलन ग्राबेल, पिलन सिट, फ्युल गज, एलइडी हेडलाइट, एलइडी टेललाइटको विशेषता दिइएको छ ।

हिरो एक्स्ट्रीम २००

यो मोटरसाइकलमा २०० सीसी क्षमताको सिङ्गल सिलिन्डर एयरकुल्ड टु–भल्व इन्जिन लगाइएको छ । इन्जिनले ८००० आरपीएममा १८ बीएच पावरका साथै ६५०० आरपीएममा १७ एनएम टर्क उत्पादन गर्छ । बाइकमा एलईडी हेडल्याम्प, फूल डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, एबीएस, डिजीटल स्पिडोमिटर, टेकोमिटर, ट्रिपमिटर लगायतका विशेषता दिएको छ ।

यो सेग्मेन्टको सबैभन्दा सस्तो बाइक एक्सट्रिम २०० को २ लाख ६८ हजार रुपैयाँमा बिक्री हुदै आएको छ ।

सुजुकी जिक्सर १५०

सुजुकीले तीन लाखभन्दा कम मूल्यका चार बाइक बेचिरहेको छ । सबैभन्दा सस्तो मोडल जिक्सर १५० एबीएसको मूल्य २ लाख ९९ हजार ९ सय रुपैयाँ रहेको छ । यसमा उपलब्ध १५४.९ सीसी इन्जिनले ८ हजार आरपीएममा १४.६ पीएस पावरका साथै ६ हजार आरपीएममा १४ एनएम टर्क उत्पादन गर्छ । यसको इन्जिनमा पाँच स्पीड गियरबक्स लगाइएको छ । डिस्क र ड्रम भेरियन्टमा उपलब्ध यो बाइकमा एबीएसको विशेषता दिइएको छ ।


Back_to_top