४० लाखभन्दा कम मूल्यमा किन्न पाइन्छ हुन्डाईका १५ भेरियन्ट

काठमाडौं । हुन्डाई नेपालमा सर्वाधिक कार बिक्री गर्ने कम्पनी हो । हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रलिले नेपालमा २३ लाखदेखि १ करोड १५० लाख रुपैयाँसम्मको गाडी बिक्री गर्दै आएको छ ।

हुन्डाईले नेपालमा इन्ट्री लेवल मोडलको रुपमा सेन्ट्रो बिक्री गर्दै आएको छ भने सबैभन्दा महंगो मूल्यसहित सान्ताफे बिक्री गर्दै आएको छ ।
हुन्डाईले अहिले बिक्री गर्दै आएको आएको मोडल मध्य सेन्ट्रो, ग्राण्ड आई १०, नियोस, आई २० इलाइट र भेन्यूको केहि मोडल ४० लाख रुपैयाँभन्दा कम मूल्यमा किन्न सकिन्छ ।

हुन्डाई सेन्ट्रोलाई नेपाली बजारमा बिभिन्न ५ भेरियन्टमा किन्न सकिन्छ । सेन्ट्रोको इरा भेरियन्टको मूल्य २३ लाख ९६ हजार, मग्ना भेरियन्टको २६ लाख ५६ हजार, मग्ना अटोमेटिकको २९ लाख ९६ हजार, स्पोर्टज् भेरियन्टको २८ लाख ५६ हजार र आस्टा भेरियन्टको ३१ लाख ५६ हजार रुपैयाँ रहेको छ ।

हुन्डाई ग्राण्ड आई १० नेपालमा २ भेरियन्टमा बिक्री हुँदै आएको छ । कम्पनीले ग्राण्ड आई १० मग्नाको मूल्य ३० लाख ५६ हजार र स्पोर्टज् भेरियन्टको मूल्य ३२ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

हुन्डाईले कहि समय अघि नेपाल ल्याएको ग्राण्ड आई १० नियोस पनि ४० लाखभन्दा कम मूल्यमा किन्न पाइने ह्याचव्याक कार हो । कम्पनीले विभिन्न ३ भेरियन्टमा बजारमा ल्याएको नियोसको मग्ना भेरियन्टको मूल्य ३० लाख ९६ हजार, मग्ना अटोमेटिकको मूल्य ३३ लाख ९६ हजार र स्पोर्टज् भेरियन्टको मूल्य ३३ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

हुन्डाईले बिक्री गर्दै आएको प्रिमियम ह्याचव्याक कार आई २० नेपालमा २ भेरियन्टमा बिक्री गर्दै आएको छ । कम्पनीले आई २० मग्ना प्लस भेरियन्टको मूल्य ३३ लाख ५६ हजार र स्पोर्टज् प्लस भेरियन्टको मूल्य ३७ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

हुन्डाईले नेपालमा बिक्री गर्ने इन्ट्री लेवल सेडान कार अउरा एउटा मात्रै भेरियन्टमा उपलब्ध रहेको छ । यसको मूल्य ३३ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

हुन्डाईले ४० लाखभन्दा कम मूल्यमा भेन्यूको २ भेरियन्ट बिक्री गर्दै आएको छ । कम्पनीले बिक्री गर्ने भेन्यू इ १.२ भेरियन्टको मूल्य ३६ लाख २६ हजार र भेन्यू एस १.२ भेरियन्टको मूल्य ३९ लाख ९६ हजार रुपैयाँ रहेको छ ।


Back_to_top