यामाहाले टर्बो इन्जिनमा मोटरसाइकल ल्याउने, देखियो परिक्षणमा

काठमाडौं । यामाहा मोटर कम्पनीले पहिलो पटक टर्बो इन्जिनमा मोटरसाइकल ल्याउने तयारी तिब्र पारेको छ । अघिल्लो वर्ष नै कम्पनीले टर्बो इन्जिनमा मोटरसाइकल ल्याउने घोषणा गरेको थियो ।

जापानी मोटरसाइकल उत्पादकले आफ्नो एमटी-०९ मा आधारित रहेर टर्बो इन्जिनसहितको मोटरसाइकल ल्याउने भएको हो । अहिले जापानको विभिन्न क्षेत्रमा यसको परिक्षण भइरहेको तस्विरहरु मिडियामा आएका छन् ।

टर्बो चार्ज्ड, ट्वीन सिलिण्डर सहित आउने मोटरसाइकलको टर्क अत्याधिक रहने छ । कम्पनीले एमटी-०९ मा रहेको इन्जिनलाई नै टर्बो चार्जरसहित ल्याउने छ । टर्बो इन्जिनको कारण यसको टर्क १७६ एनएम पुग्ने छ । उक्त इन्जिनले ३००० आरपीएमदेखि ७००० आरपीएमसम्म ९० प्रतिशत टर्क प्रदान गर्ने क्षमता राख्छ ।

मोटरसाइकलको पावर पनि आश्चर्यजनक रुपमा बढ्ने छ । यहि इन्जिनले अधिकतम ८५०० आरपीएममा १८० पीएस पावर प्रदान गर्ने छ । जुन भि म्याक्समा रहेको १६९७ सीसी भन्दा केहि कम मात्रै हो । भि म्याक्सले २०० पीएस पावर र १६६ एनएम टर्क प्रदान गर्छ ।

यामाहा कम्पनीको अनुसार रेगुलर इन्जिनको तुलनामा टर्बो इन्जिनले ३० प्रतिशत कम कार्बन उत्सर्जन गर्ने छ । कार्बन मोनोअक्साइड, एनओएक्स र हाइड्रोकार्बनको मात्रा पनि आधा कम हुने कम्पनीको दाबी छ ।

कम्पनीले यसको परिक्षण गरिरहेको छ तर, यसलाई तत्काल बजारमा भने ल्याउने छैन । ग्राहकले बजारमा यसलाई अझै २ वर्षसम्म किन्न पाउने छैनन् । सम्भवत कम्पनीले यसमा एमटी १० क बोडी र फ्रेम प्रदान गर्नेछ ।


Back_to_top