चार पर्फमेन्स मोटरसाइकल नेपाल आउने

काठमाडौं । नेपालमा पर्फमेन्स मोटरसाइकलहरुको माग बढ्दो छ । अहिले २५० सीसीदेखि ३५० सीसी सेग्मेन्टको बजार बदिरहेको हो ।

बढ्दो बजारमा आफुलाई बलियो बनाउन निकट भविष्यमा नै हिरो, होन्डा, ट्रायम्फ र केटीएमले नयाँ पर्फमेन्स मोटरसाइकल नेपाल ल्याउने तयारी गरिरहेका छन् ।

यी मध्ये होन्डाको पर्फमेन्स मोटरसाइकल सबैभन्दा पहिला नेपालमा बिक्री सुरु हुने भएको छ । होन्डा सीबी २०० एक्स मोटरसाइकल केही दिनपछि बिक्री सुरु हुँदैछ । साथै, केटीएम, हिरो र ट्रायम्फको नयाँ मोटरसाइकल पनि यो वर्षको अन्त्यसम्ममा आउने छन् ।

होन्डा सीबी २०० एक्स

होन्डा मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारिक बिक्रेता कम्पनी स्याकार ट्रेडिङले केही दिनमा सीबी २०० एक्स एड्भेन्चर मोटरसाइकल सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

यो मोटरसाइकलमा १८४ सीसी क्षमताको सिंगल सिलिन्डर इन्जिन रहेको छ । उक्त इन्जिनले १७.२७ बीएचस पावर र १६.१ एनएमको टर्क जेनेरेट गर्नेछ । यसमा ५ स्पीडको गियरबक्स दिइएको छ ।

बक्स टाइप स्वीङआर्म, हर्नेटमा प्रयोग भएको च्याचिस, अगाडि गोल्डने यूएसडी फर्क र पछाडि मोनोशक सस्पेन्सन जस्ता उत्कृष्ट हाडवयर यसमा समावेस गरिएको छ ।

एड्भेन्चर टूरर सेग्मेन्टमा आउने सीबी २०० एक्स मोटरसाइकल मार्च २०२४ बाट बिक्री सुरु हुने अनुमान गर्न सकिन्छ ।

केटीएम २५०

केटीएम मोटरसाइकल बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले केटीएम २५० ड्यूकको अपडेटेड भर्सन ल्याउने भएको छ । कम्पनीले नयाँ भर्सन २५० को बुकिङ समेत खुल्ला गरिसकेको छ ।

केटीएम २५० मा २४९.७ सीसी सिंगल सिलिन्डर बीएस ६ इन्जिन रहेको छ । पुरानो मोडलमा डिओएचसी इन्जिन रहेको थियो भने, नयाँ मोडलमा कम्पनीले एसओएचसी इन्जिन सेटअप दिएको छ ।

नयाँ इन्जिनले पुरानो इन्जिनको तुलनामा १ पीएस पावर तथा १ एनएम टर्क ज्यादा जेनेरेट गर्छ । एसओएचसी सेटअपमा ३१ पीएस पावर र २५ एनएम टर्क जेनेरेट गर्दछ ।

यो मोटरसाइकलमा ड्यूल च्यानल एबीएस, अल एलइडी लाइट, डिजिटल डिस्प्ले, डब्लूपी अपसाइड डाउन तथा मोनोशक, स्लिपर क्लच तथा क्विक सिफ्टर जस्ता अत्याधुकिन फिचर पाउन सकिन्छ ।

नयाँ मोडल केटीएम २५० ड्युकको मूल्य ७ लाख ३९ हजार निर्धारण गरेर बुकिङ लिन सुरु गरेको हो । अबको केही दिनमा नै यसको डेलिभरी सुरु हुने अनुमान गर्न सकिन्छ ।

ट्रायम्फ ४००

ट्रायम्फका मोटरसाइकल नेपाली बजारमा हंशराज हुलाश चन्द एण्ड कम्पनीले ल्याउने छ । भारतमा बाजजले उत्पादन गरेको ४०० सीसीका दुई मोटरसाइकल ल्याउने तयारीमा कम्पनीले सुरुवाती दिन देखिनै गरिरहेको छ ।

ट्रायम्फले हालैमात्र भारतमा उत्पादन भएका ट्रयाम्फ मोटरसाइकल अन्र्तराष्ट्रिय बजारमा निर्यात सुरु गरेको छ । यी मोटरसाइकलमा ३९८ सीसी क्षमताको डीओटीएच, लिक्वीट कुल्ड, फोरभल्ब, सिंगल सिलिन्डर इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ८००० आरपीएममा ४० बीएच पावर र ६५०० आरपीएममा ३७.५ एनएमको टर्क जेनेरेट गर्नेछ । यसमा ६ स्पीडको गियरबक्स रहेको छ ।

कम्पनीले दुबैवै मोटरसाइकलमा समान फिचरहरू दिएको जनाएको छ । स्पीड ४०० र स्क्रयाम ४०० मा ट्रयाक्सन कन्ट्रोल सिस्टम, स्लीपर क्लच, एसिस्ट क्लच, राइड बाइ वायर टेक्नोलोजी, ग्रानुलर थ्रोटल मोडुलेसन, राउण्ड हेडलाइट, मिनिमल बडी पाउन सकिन्छ ।

त्यसैगरी, ड्युल च्यानल एबीएस, मोनोसक सस्पेन्सन, सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, एलइडी स्क्रीन, यूएसबी टाइप सी चार्जीङ पोर्ट, पूरै एलईडी लाइट्स, हिटेड ग्रीप, स्टेरिङ लक, एन्टि थेप्ट इमोबिलाइजर, गोल्ड यूएसडी फर्क र अलोय ह्वील जस्ता फिचर यी मोटरसाइकलमा छन् ।

हिरो माभ्रिक

हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक डिलरमा नियुक्त भएको सीजी मोटर्सले हिरोका मोटरसाइकलको बिक्री सुरु गरेको छैन ।

कम्पनीले डिलर नेटवर्क निर्माणको काम गरिहेको छ भने, मार्चदेखि मोटरसाइकल उपलब्ध गराउने जनाएको छ ।

एक्सपल्स लगायतका मोटरसाइकल सुरुमा उपलब्ध गराउने सिजी मोटर्सले भारतमा केहि दिनअघि सार्वजनिक भएको माभ्रिक ४४० पनि केहि पछि नेपाल ल्याउने छ ।

बजारमा रोयल इनफिल्डका मोटरसाइकल राम्रो बिक्री भइरहेको कारण सिजीले चाँडै यसलाई नेपाल ल्याउने अनुमान गर्न सकिन्छ ।

मभ्रिकमा कम्पनीले हार्ले एक्स ४४० कै इन्जिन प्रयोग गरेको छ । यो इन्जिनले २७ बीएच पावर तथा ३४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियरका साथै स्लिपर एसिस्ट क्लच, डबल च्यानल एबीएस, अलोय ह्वील, टर्न वाइ टर्न नेभिगेशन जस्ता फिचर उपलब्ध छन् ।

कम्पनीले रोडस्टार डिजाइनमा तयार पारेको यो माभ्रिक ४४० मा राउन्ड सेप एलईडी हेडल्याम्प उपलब्ध छ । यसमा एच सेप डीआरएल देख्न सकिन्छ । यसमा एलईडी इन्डिकेटर, मस्कुलर फ्यूल ट्यांक तथा सिंगल पिस सेटअप दिइएको छ ।

यसमा एड्भान्स फिचरहरू डिजिटल डिस्प्ले, स्मार्टफोन कनेक्टिभिटी जस्ता फिचर पाउन सकिन्छ ।


Back_to_top