नेपाल आउँदै ३ नयाँ मोटरसाइकल, तपाईको रोजाइमा कुन ?

काठमाडौं । नेपालको मुख्य सवारी साधन भनेकै मोटरसाइकल जस्तो भएको छ । वार्षिक २ लाख ७५ हजार यूनिटभन्दा धेरै मोटरसाइकल विक्री हुनुले पनि यो कुरालाई पुष्टी गर्छ ।

नेपाली बजारमा अहिले भारतमा उत्पादन हुने बजाज, यामाहा, टीभीएस, होन्डा, हिरो, सुजुकी, बीएमडब्ल्यू, केटीएम, हस्कभर्ना, जावा, महिन्द्रालगायतका ब्राण्डले आफ्ना उत्पादन विक्री गर्दै आएका छन् ।

सन् २०२० मा अत्यन्त कम मोडलको उत्पादन हुनु र सबै कम्पनीहरुले भारतीय प्रदुषण मापदण्ड अपग्रेड गर्नु परेकाले नयाँ मोडल ल्याउन सकेका थिएनन् । सन् २०२१ मा अधिकांश कम्पनीले नयाँ मोडलका तयारी गरिरहेका छन् । यस्तोमा होन्डा, यामाहा, टीभीएस, बजाज र हिरोले नयाँ मोडल अबको केहि महिना भित्र भारतीय बजारमा उतार्दै छन् । ती नयाँ मोडल नेपाली बजारमा सन् २०२१ को अन्तिम वा २०२२ को सुरुवातमा मात्रै नेपाल आउने छन् ।

अबको केहि समयपछि होन्डा, रोयल इन्फिल्ड, यामाहा जस्ता ब्राण्डले नयाँ मोडल नेपालमा विक्री सुरु गर्दै छन् भने केहि कम्पनीले बीएस ६ इन्जिनमा आफ्ना रेगुलर मोडललाई बजारमा उतार्दै छन् । नेपालमा विक्री सुरु हुन लागेका ३ नयाँ मोटरसाइकल मूल्यका हिसावले महंगा मोडल रहेका छन् ।

१. यात्री पी-०ः

नेपाली ब्राण्ड यात्रीको नयाँ मोटरसाइकल पी-० वैशाख १० गतेबाट विक्री सुरु हुन्छ । कम्पनीले अघिल्लो वर्ष नै बुकिङ लिएर उत्पादन सुरु गरेको यो मोटरसाइकल इलेक्ट्रीक पावरबाट चल्छ । नेपालमा नै डिजाइन भएको यो मोटरसाइकल प्रिमियम हुनेछ ।

काठमाडौं । नेपाली युवा इन्जिनियरहरुले नेपालमा नै डिजाइन र डेभलप गरेको मोटरसाइकल ‘पी-०’ आगामी बैशाख १० गते सार्वजनिक गर्ने भएको छ । यो इलेक्ट्रीक मोटरसाइकले ६४ पीएस पावर र १२० एनएम टर्क प्रदान गर्छ ।

पी-० मोटरसाइकलमा ८ किलोवाट क्षमताको लिथियम आयोन व्याट्री दिइएको छ । यसलाई दुई घन्टामा नै ३.३ किलोवाट क्षमताको चार्जरले फुल चार्ज गर्छ । मोटरसाइकलले सून्यदेखि ६० किलोमिटरको स्पीड केवल २.५ सेकेन्डमा भेट्टाउन सक्ने कम्पनीले दाबी गरेको छ । यसको उच्चगति क्षमता भने १४० किलोमिटर प्रतिघन्टा रहेको छ । कम्पनीले यसमा ७ इन्चको टिएफटी डिस्प्ले दिएको छ । फोरजी सपोर्ट, किलेस स्टार्ट, नेभिगेशन जस्ता विशेषता यसमा पाउन सकिन्छ ।

अगाडि ४३ एमएम आरसीपी एड्जस्टेवल यूएसडी फर्क र पछाडि आरसी एड्जस्टेवल नाइट्रोजन-चार्जड् मोनोशक सस्पेन्सन दिइएको छ । अगाडि ३२० एमएम डिस्क र पछाडि २४० एमएमको डिस्क ब्रेक उपलब्ध रहने छ । यसमा १७ इन्चको टायर प्रयोग गरिएको छ । कम्पनीले यसमा १७५ एमएमको ग्राउन्ड क्लियरेन्स र १४०० एमएमको ह्वीलवेस दिएको छ ।

२. रोयल इन्फिल्ड मेटोर ३५०ः

सन् २०२० मा भारतमा विक्री सुरु भएको रोयल इन्फिल्ड मेटोर पनि अहिले निकै चर्चामा रहेको मोडल हो । भारतमा यसले २०२१ को थुप्रै अवार्ड आफ्नो पोल्टामा पारिसकेको छ । रोयल इन्फिल्डले रेट्रो इन्स्पायर डिजाइनमा ल्याएको मेटोर ३५० ले कम्पनीकै थन्र्डरबर्डको झल्को दिन्छ । तर, थन्र्डरवर्ड सिरिजको उत्पादन भने बन्द भइसकेको छ ।

कम्पनीले आफ्ना उत्पादनमा पहिलो पटक कनेक्टेड फिचर प्रयोग गरेको हो । रोयल इन्फिल्डले मेटोर ३५०मा स्मार्ट फोन कनेक्ट गर्न सकिने इन्स्ट्रुमेन्ट कन्सोल प्रयोगमा ल्याएको छ । यसमा चालकले टर्न वाई टर्न नेभिगेशनको प्रयोग गर्न सक्नेछन् ।

मेटोर ३५० मा ३४९ सीसी सिंगल सिलिन्डर एयर कुल्ड बीएस ६ इन्जिन रहेको छ । यो इन्जिनले २०.२ बीएच पावर तथा २७ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ । यसको मूल्य ६ लाख हाराहारी पर्ने अनुमान गर्न सकिन्छ ।

३. होन्डा सिबी हाइनेस ३५०ः

होन्डाको क्लासिक डिजाइनमा तयार भएको सिबी हाइनेस ३५० नेपालमा पनि बहुप्रतिक्षित मोटरसाइकल बनेको छ । विशेषत रोयल इन्फिल्ड र जावाका क्लासिक मोडलसँग प्रतिस्पर्धा गर्न आउन लागेको हाइनेस ३५० अबको केहि महिना भित्रै विक्री सुरु हुँदैछ ।

निकै आकर्षक डिजाइनमा आएको होन्डा सीबी ३५० मा राउन्ड हेडल्याम्प, सिंगल पोड इन्स्ट्रुमेन्ट क्लस्टर, क्रोम फेन्डर्स र क्रोम फिनिस एक्जस्ट दिएको छ । कम्पनीले यसलाई दुई भेरियन्ट डीएलएक्स र डीएलएक्स प्रोमा ल्याएको छ ।

डीएलएक्स प्रो भेरिएन्टमा ड्युअल टोन पेन्ट स्किम र होन्डा स्मार्टफोन भ्वाइस कन्ट्रोल सिस्टम, ड्युअल च्यानल एबीएस, ट्रयाक्सन कन्ट्रोल जस्ता फिचर उपलब्ध रहेको छ । हाइनेस सीबी ३५० मा ३४८.३६ सीसीको सिंगल सिलिन्डर, एयरकुल्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले २०.८ बीएच पावर र ३० एनएम टर्क जेनेरेट गर्छ ।


Back_to_top