केही महिना भित्रै अल्टो, बलेनो र ब्रेजाको नयाँ मोडल आउने

काठमाडौं । मारुती सुजुकी इन्डियाले आफ्ना चर्चित तीन मोडलको नयाँ जेनेरेशन ल्याउने तयारी गरेको छ । केही दिनअघि मात्रै सेलेरियोको नयाँ जेनेरेशन मोडल ल्याएको कम्पनीले अब प्रिमियम ह्याचव्याक बलेनो, इन्ट्री लेभल ह्याचव्याक अल्टो र सब फोर मिटर एसयूभी भिटारा ब्रेजाको नयाँ जेनेरेशन मोडल ल्याउने तयारी गरेको हो ।

यी तीनवटै मोडल कम्पनीको सर्वाधिक सफल मोडलमा पर्छन् । सन् २०१५ मा पहिलो पटक बजारमा आएको बलेनो अहिले पहिलो जेनेरेशन मोडल नै विक्री हुँदै आएको छ । प्रतिस्पर्धी हुन्डाई आई २० को नयाँ जेनेरेशन र टाटाले अल्ट्रोज ल्याएकोले कम्पनीले यसको नयाँ जेनेरेशन मोडल ल्याउन लागेको हो ।

विभिन्न समयमा परिक्षणको क्रममा देखिएको नयाँ जेनेरेशन बलेनको फ्रन्ट ग्रिल, हेडल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, अपग्रेड गरिएको बम्पर, नयाँ फगल्याम्प हाउजिङ, ब्राण्ड न्यू एलइडी टेलल्याम्प, अपडेट गरिएको बोनेट देख्न सकिन्छ ।

त्यसैगरी कम्पनीले अल्टोको नयाँ जेनेरेशन मोडल पनि बजारमा ल्याउने तयारी गरेको छ । भारतमा विभिन्न समयमा यसको परिक्षण भएको तस्विरहरु बाहिर आएका छन् । सन् २००० देखि उत्पादन हुँदै आएको अल्टो नयाँ प्लेटफर्ममा उत्पादन हुन लागेकोले धेरै फिचर परिवर्तन हुने अनुमान गरिएको छ ।

बक्सी डिजाइनमा तयार भएको सब फोर मिटर एसयूभी ब्रेजाको पनि नयाँ जेनेरेशन मोडल लगभग तयार भएको छ । कम्पनीले यसको ग्रिल, बम्पर, हेडल्याम्प, टेलल्याम्प, अलोय ह्वील जस्ता पार्टस्मा परिमार्जन गरेर नयाँ जेनेरेशन मोडल ल्याउने तयारी गरेको छ ।


Back_to_top