हेवी इक्युपमेन्टमा १३ प्रतिशत भ्याट लाग्दै, कस्तो पर्ला प्रभाव

काठमाडौं । सरकार आगामी आर्थिक वर्षको बजेट मार्फत निर्माण उपकरणमा १३ प्रतिशत भ्याट लगाउने भएको छ । हाल हेवी इक्युपमेन्ट (डोजर, लोडर, ब्याकहो लोडरलगायत मेसिन) मा ४.५ प्रतिशत भन्सार बाहेक अन्तःशुल्क तथा भ्याट लाग्दैन । 

नेपालमा वार्षिक करिब ३/४ हजार हेवी मेसिनहरु बिक्री हुँदै आएको छ । सरकारले राजश्व संकलन कम भएपछि कर संकलन गर्ने आधारहरु खोजी रहेको छ । ठूलै परिमाणमा नेपाल आउने विकास निर्माणमा प्रयोग हुने मेसिनमा भ्याट लगाउँदा राम्रो राजश्व उठ्ने भएकाले सरकारले भ्याट लगाउने तयारी गरेको हो । 

हेवी इक्युपमेन्टमा भ्याट लगाउँदा त्यति धेरै असर नपर्ने एक व्यवसायीले बताए । ठूला कन्ट्रयाक्टरहरुमा त्यसका प्रभाव खासै नपर्ने भएकाले साना तथा मेसिन भाडामा लगाउनेहरुलाई भने यसले असर पार्ने ती व्यवसायीले बताए । 

हाल नेपाली बजारमा डेढ दर्जनभन्दा बढी ब्रान्डका हेवी इक्युपमेन्ट बिक्री हुँदै आएको छ । १३ प्रतिशत भ्याट लागेपछि अहिले उपलब्ध मूल्यको तुलनामा बजेट पछि हेवी इक्युपमेन्टको मूल्य कम्तीमा १३ प्रतिशत स्वतः बढ्ने छ । 


Back_to_top