काठमाडौं । सरकारले इलेक्ट्रीक टेम्पोमा दिँदै आएको मूल्य अभिवृद्धि कर छुट हटाएको छ । बजेट आगामी आर्थिक वर्ष २०७६÷७७ मार्फत इलेक्ट्रीक टेम्पोलाई भ्याट छुटको सूचीबाट हटाएको छ ।
पेट्रोलबाट चल्ने टेम्पोमा भ्याट लाग्दै आएको भएपनि इलेक्ट्रीक टेम्पोमा भ्याट लागेको थिएन । इलेक्ट्रीक ट्याम्पोमा भ्याट लगाइएपछि यसको आयात महंगो हुने भएको छ । इलेक्ट्रीक टेम्पोमा १३ प्रतिशत भ्याट लागेपछि त्यसको असर भाडामा समेत पर्ने देखिएको छ ।
आर्थिक अध्यादेशमा ‘साविकमा मूल्य अभिवृद्धि कर ऐन, २०५२ को अनुसूची १ मा उल्लेख भई मू.अ कर छुट भएका टेम्पो र ढुवानी सेवा अनुसूची १ बाट हटेको हुँदा मू.अ कर लाग्ने भएको’ उल्लेख गरिएको छ ।
तीन पांग्रे इलेक्ट्रीक टेम्पोमा तराईका जिल्लाहरुमा सार्वजनिक यातायातको रुपमा प्रयोग हुँदै आएको छ । विगतमा सरकारले विगताम इलेक्ट्रीक टेम्पोले प्रदूषण नगर्ने भन्दै भ्याट छुट दिँदै आएको थियो ।

