बजाजको एक्सचेन्ज अफर न्युनतम मूल्यांङ्कनमा १५ हजार थप, यस्ता छन् अन्य सुबिधा

काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारीक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले पुरानो मोटरसाइकल तथा स्कुटरसँग बजाजका मोटरसाइकल एक्सचेन्ज गर्न सकिने मेला आयोजना गरिरहेको छ । 

एक्सचेन्ज मेलामा कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल वा स्कुटरको न्यूनतम मूल्य ३० हजार रुपैयाँ प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । पुरानो मोटरसाइकलको मूल्य प्रचलित बजार मूल्यांकन भन्दा १५ हजार रुपैयाँ बढी दिने योजना कम्पनीले ल्याएको छ । 

यसका साथै नयाँ मोटरसाइकल खरिद गर्ने ग्राहकले स्क्राचकार्ड मार्फत २५ हजारसम्म नगद छुट पाउन सक्ने कम्पनीले जनाएको छ । 

नयाँ मोटरसाइकल खरिद गर्दा लेग गार्ड, ल्यापटप ब्याग, हेलमेट, बाइक कभर जस्ता एसोसरिज निःशुल्क उपलब्ध गराउने कम्पनीले जनाएको छ । उक्त एक्स्चेन्ज मेला असार १ देखि ५ गतेसम्म सल्लाघारी ग्राउन्ड भक्तपुरमा आयोजना भइरहेको छ  ।  


Back_to_top