मन्त्रिपरिषद्बाट निर्णय गरेरै सवारीसाधन आयात रोक्ने तयारी

काठमाडौं । सरकारले मन्त्रिपरिषद्बाट निर्णय गरेरै सवारीसाधनको आयात रोक्ने तयारी गरेको छ । अहिले राष्ट्र बैंकको अनुरोधमा बैंक तथा वित्तीय संस्थाले प्रतीतपत्र (एलसी) खोल्न रोकेको भएप नि चाँडै मन्त्रीपरिषद्ले निर्णय गरेर महंगा गाडीको आयात रोक्न लागिएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।

सोमबार वर्तमान आर्थिक अवस्थाको जानकारी दिन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले भने, ‘कुन र कस्ता वस्तुको आयात रोक्न सकिन्छ भनेर मुख्यसचिवको नेतृत्वमा काम भइरहेको छ । त्यसलाई चाँडै मन्त्रिपरिषद्बाट निर्णय गराएर कार्यान्वयनमा लैजान्छौं ।’

अर्थमन्त्रीले साना र मझौला सवारीसाधनको विषयमा केही बोलेका छैनन् । उनले महंगा साधनको आयात रोक्ने विषयमा भने प्रस्ट संकेत गरेका हुन् ।

यसअघि पनि २०७७ सालको सुरूआतमा नै कोभिडको कारण अर्थतन्त्र समस्यामा देखिन्छ कि भन्ने आशंकाका बीच तात्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले ५० हजार डलर माथिका लग्जरी कारको आयातमा रोक लगाएका थिए । यस पटक पनि सरकारले यस्तै सिलिङ तोकेर आयात बन्द गर्न खोजेको बुझ्न सकिन्छ ।

 


Back_to_top