यामाहा एमटी १५ भी २ सार्वजनिक

काठमाडौं । यामाहा एमटी १५ को भर्सन २ सार्वजनिक भएको छ । यामाहा इन्डियाले केही एमटी १५ भी २ सार्वजनिक गरेको हो ।

केही समय अगाडि एमटी १५ को उत्पादन बन्द भएको थियो ।

कम्पनीले यामाहा एमटी १५ मा सामान्य परिर्वतन गरेर एमटी १५ भी २ सार्वजनिक गरेको हो । कम्पनीले नयाँ भर्सन २.० को मूल्य १ लाख ६ हजार रुपैयाँ निर्धारण गरेर सार्वजनिक गरेको छ ।

यामाहा एमटी भी २ मा यामाहा आर १५ भी ४ कै समान इन्जिन उपलब्ध छ । यसका अलावा यो मोटरसाइकलमा इनभर्टेड सस्पेन्सन र ब्लूटूथ कनेक्टेड फिचर दिइएको छ । एमटी १५ भी २ मा अन्य कुनै परिवर्तन गरेको छैन् ।

यसमा दिइएको भिभिए टेक्नोलोजीमा आधारित इन्जिनले अधिकतम १० हजार आरपीएममा १८.४ हर्सपावर र ७५०० आरपीएममा १४.२ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियरबक्सका साथै स्लिपर क्लच दिइएको छ ।


Back_to_top