विद्युतीय दुई पाङ्ग्रे सवारी ब्राण्ड नेपाल ल्याउँदै वृद्धि

काठमाडौं । वृद्धि कम्पनीले नयाँ ब्राण्डको दुईपाङ्ग्रे इलेक्ट्रीक स्कुटर नेपाल ल्याउने भएको छ । कम्पनीले भारतीय ब्राण्ड एम्पीयरका उत्पादन नेपाल ल्याउन लागेको हो ।

क्रमिक रुपमा विद्युतीय दुई पाङ्ग्रे सवारी साधनको माग बढ्दै जानथालेसँगै भारतीय ब्राण्डका उत्पादन नेपाल ल्याएर विक्री वितरण सुरु गर्न लागेको हो । ग्रेभ्स इलेक्ट्रीक मोविलिटी नाम कम्पनको एम्पीयर ब्राण्डले कस्तो प्रभाव पार्ला त्यो भने हेर्न वाँकी नै छ ।

ग्रेभ्सले उत्पादन गरेको एम्पीयर इलेक्ट्रीक स्कुटर भारतमा जनवरीमा आयोजना भएको ‘अटो एक्स्पो २०२३’मा प्रर्दशन गरेको थियो । अटो शोदेखि नै उक्त ब्राण्ड नेपाल ल्याउन विभिन्न ब्यवसायीक समूहले लविङ गरेका थिए ।

यसअघि एम्पीयर ब्रान्डका उत्पादन डिएसएम ग्लोबलले नेपाल ल्याएको भएपनि अब उक्त ब्राण्ड वृद्धि अन्तर्गत ल्याएर विक्री गर्न लागिएको हो ।

भारतमा २००८ देखि उत्पादन सुरु भएको एम्पीयरसँग हाल तीन मोडलका स्कुटरहरु उपलब्ध छन् । कम्पनीले ‘जिल ईएक्स, मेग्नस ईएक्स र पाइमस’ स्कुटर उत्पादन र विक्री वितरण गर्दै आएको छ ।

वृद्धिले नेपाली बजारमा फोटोन, चांगन जस्ता ब्रान्डका उत्पादन ल्याएर विक्री वितरण गर्दै आएको छ । कम्पनीले एम्पीयर ब्राण्डको माध्यमबाट इलेक्ट्रीक दुई पाङ्ग्रेमा पनि प्रवेश गर्ने तयारी गरेको हो ।


Back_to_top