विश्व ‘इन्टरनल कम्बस्चन इन्जिन कन्फ्रेन्स’ आज समापन हुँदै

काठमाडौं । इन्टरनल कम्बस्चन इन्जिन निर्माणमा अबको बाटो पहिल्याउने उद्देश्यले चीनको तेन्जीन सहरमा विश्व सम्मेलन आयोजना भइरहेको छ । अप्रिल १९ तारिखबाट सुरु भएको उक्त सम्मेलन आज २३ तारिखमा समापन हुन लागेको हो ।

विश्वका २० देशबाट ४० भन्दा बढी विद्यवत वर्गको उपस्थिति रहेको उक्त कन्फ्रेन्समा बैज्ञानिक, इन्जिनियर, ब्यवसायी र टेक्नोलोजीका विज्ञहरु सहभागी छन् । उनिहरुले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको इन्जिनबाट प्रदुषण हटाउने प्रयासका विषयमा छलफल गरेको चिनियाँ मिडियाहरुले उल्लेख गरेका छन् ।

यस पटकको कन्फ्रेन्समा पेट्रोलियम पदार्थबाट चल्ने इन्जिनभन्दा धेरै हाइड्रोजन इन्जिन विकासमा बहस केन्द्रित थियो । कन्फ्रेन्सको बीचमा यूची प्रदर्शनी केन्द्रको अवलोकन गर्दै सहभागीहरुले हाइड्रोजन पावर इन्जिनको विकासमा भएको प्रगती नियालेका थिए ।

यूची चीनको सबैभन्दा ठूलो इन्जिन निर्माता कम्पनी हो । जसले वार्षिक १ करोड यूनिट इन्जिन उत्पादन गरेर गाडी निर्माताहरुलाई सप्लाई गर्छ ।

विद्युतीय कारको चर्चा तिब्र गतिमा बढी रहेको समयमा चीनमा आयोजना भएको उक्त कन्फ्रेन्सले हाइड्रोज इन्जिन विकासमा निकै ठूलो भूमिका निर्वाह गर्ने बताइएको छ ।


Back_to_top