बीवाइडी ‘सार्क’ तयार, अन्तर्राष्ट्रिय बजारमा छिट्टै आउने

काठमाडौं । आफ्नो लाइन अपमा सिल, सिगल, सिलायन जस्ता सामुन्द्रिक जीवको नाम राख्दै आएको चाइनीज न्यू इनर्जी भेहिकल कम्पनी बीवाइडीले पहिलो पीकअपको नाम पनि समुन्द्रीक जीबबाटै जुटाएको छ । कम्पनीले आफ्नो पहिलो पीकअप ट्रकको नाम ‘सार्क’ राख्ने भएको हो ।

समुन्द्रको खतरनाक मानिने सार्क माछाको नामबाट बीवाइडी पीकअप आउने छ । कम्पनीले आगामी अप्रिल २५ बाट सुरु हुने वेइजीङ अटो शोमा सार्कलाई देखाउने भएको हो ।

बीवाइडीले सार्कको पोस्टर अँग्रेजीमा जारी गरेबाट यो पीकअप ओभरसिज मार्केटका लागि डिजाइन गरेको देखिन्छ । धेरै जस्तो स्पाइसटहरुमा राइट ह्याण्ड ड्राइभ र लेफ्ट ह्याण्ड ड्राइभ दुबै अप्सन देखिएको छ ।

दुबै ड्राइभिङ देखिए अनुसार सार्क पीकअप साउथ अमेरिका, अष्ट्रेलीया, एशिया जस्ता बीवाइडीको उपस्थित रहेका सबै देशमा छिट्टै उपलब्ध हुनेछ ।

धेरै अर्थमा सार्क पीकअप ‘फेङ चेङ बाओ’को बाओ–फायभमा आधारित रहेको देखिन्छ । यो पीकअप पनि डीएमओ प्लेटफर्ममा बनेको हो । जुन अफरोड पीएचइभीको डिजाइनका लागि विकास भएको हो ।

यसले रियल अफरोड एबिलीटी दिने गर्छ । कम्पनीले यो पिकअपको डिटेल स्पेशीकेशन भने अटो शोमै सार्वजनिक गर्ने जनाएको छ ।


Back_to_top