‘एक्सईभी-नाइन ई’ दुई मोटर अप्सनमा बिक्री सुरू, यस्तो छ मूल्य

काठमाडौं । अग्नी इनकर्पोरेट प्रालिले एक्सईभी-नाइन ई एसयूभी बिक्री सुरु गरेको छ । महिन्द्राको पछिल्लो प्योर इलेक्ट्रीक एसयूभी एक्सईभी-नाइन ई आजबाट सुरु भएको नाइमा मोविलिटी एक्स्पो मार्फत बिक्री सुरु भएको हो ।

कम्पनीले एक्सईभी-नाइन ई को ३ भेयरन्ट सार्वजनिक गरेको हो । अग्नी इनकर्पोरेटले एक्सईभी-नाइन ई को सुरुआती मूल्य ६९ लाख रुपैयाँ तोकेको छ ।

कम्पनीले केही महिना अगाडि नै नेपाल ल्याएर विभिन्न परीक्षण गरेको एक्सईभी-नाइन ईले भारतमा पनि निकै राम्रो प्रतिक्रिया पाइरहेको छ । अहिले महिन्द्राले भारत बाहेक नेपाल, साउथ अफ्रिका र अष्ट्रेलियामा पनि एक्सईभी-नाइन ई बिक्री सुरु गर्दैछ ।

नेपाली बजारमा विद्युतीय गाडीको बिक्रीमा उछाल आइरहेको छ । तर, चिनियाँ उत्पादनसँग सिधा प्रतिस्पर्धा हुने एक्सईभी-नाइन ई मूल्य ६९ लाख रूपैयाँ मूल्य राखेर बिक्री सुरु गरेको छ । यसले चिनियाँ उत्पादनलाई टक्कर दिन सक्छ वा सक्दैन अहिल्यै भन्न हतार हुनसक्छ ।

मूल्य बाहेक पनि फिचरको हिसावले एक्सईभी-नाइन ई निकै बलियो छ । फिचरकै बलमा महिन्द्राको बलियो नेटवर्क, सर्भिस र ईभीको अनुभवका आधारमा एक्सईभी-नाइन ईले राम्रो ब्यापार गर्न सफल हुने अनुमान गरिएको छ ।

एक्सईभी-९ईमा दुई ब्याट्री अप्सनमा आएको छ । सानो ५९ किलोवाट आवरको ब्याट्रीले ४०० किलोमिटर र ठूलो ७९ किलोवाट आवरको ब्याट्रीले ५५० किलोमिटर माथि रेन्ज दिनेछ ।

अर्को यसको ब्याट्री पनि तिब्र गतिमा चार्ज हुन्छ । कम्पनीका अनुसार १७५ किलोवाटसम्मको डिसी चार्जर सपोर्ट गर्ने एसयूभीलाई २० देखि ८० प्रतिशत केबल २० मिनेटमा गर्न सकिने महिन्द्राको दावी छ ।

यसको ड्यासबोर्डमा तीनवटा स्कृन दिएको छ । १२.३ इन्ज साइजका तीन स्कृन एक आपसमा जोडिएका छन् । १६ वटा स्पीकर, १४०० वाटको हर्मन कार्डनको साउन्ड सिस्टम, वेलकम र मेरोरी सिट, अगाडि सिट बोस मोड उपलब्ध छ । वायरलेस चार्जर, एलइडी लाइट सहितको प्यानारोमिक क्लास रुफ दिइएको छ ।

महिन्द्राको पहिचान नै खराब बाटोको लागि उत्कृष्ट एसयूभी उत्पादन गर्ने कम्पनी हो । उसले ईभीमा पनि त्यसलाई पुरा गर्न कुनै कसर बाँकी राखेको छैन । यसमा इन्डिपेन्डेन्ट सेमी-एक्टीभ ड्याम्पर सस्पेन्स दिइएको कारण खराब बाटोमा उत्कृष्ट पर्फमेन्स पाउन सकिन्छ ।

यसका अलावा १९ इन्चको ह्वील, २०७ एमएम अग्लो ग्राउन्ड क्लियरेन्स जस्ता फिचरको कारण यसलाई कच्ची बाटोमा चलाउन समस्या हुन्दैन ।

महिन्द्राले यसलाई ९९ र १९९ किलोवाट पीकपावर भएको दुई मोटर अप्सनमा ल्याएको छ ।

कुप्पे डिजाइनमा तयार भएको एक्सईभी-नाइन ई साइजमा पनि उत्कृष्ट छ । यसको लम्बाइ ४७८९ एमएम छ भने चौडाइ १९०७ एमएम छ । चौडाइको आधारमा यसलाई निकै फराकिलो मान्न सकिन्छ । उचाइमा पनि सम्झौंता भएको छैन । यसमा १६९४ एमएम अग्लो हाइट दिइएको छ ।

प्योर इलेक्ट्रीक प्लेटफर्ममा भएको कारण यसको क्याविन निकै स्पेशियस लाग्छ । धेरै स्थानमा सामान स्टोर गर्न मिल्ने भएको कारण प्रयोगकर्तालाई यसमा केही कमी महसुस हुँदैन ।


Back_to_top