५० लाखमै आयो ‘बी-१०’ एसयूभी, दुई भेरियन्टमा किन्न पाइने

काठमाडौं । लीपमोटरको बी-१० एसयूभी नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक भएको छ । लीपमोटरको आधिकारिक बिक्रेता साँग्रिला मोटर्सले बी-१० क्रसओभर एसयूभीलाई दुई भेरियन्टमा नेपाल ल्याएको हो ।

नेपाली बजारमा उपलब्ध बी-१० एसयूभीको सुरुवाती भेरियन्टको मूल्य ४९ लाख ९९ रूपैयाँ  छ भने टप भेरियन्टको मूल्य ५६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

कम्पनीले दुई ब्याट्री अप्सनमा बी-१० ल्याएको कारण ब्याट्री क्षमताका आधारमा यसको भेरियन्ट बनेको हो । मोटर भने एउटै १६० किलोवाट पीकपावर क्षमतामा पाइन्छ । पीकटर्क भने २४० न्यूटन मिटर प्रदान गर्छ । साथै, रियर ह्वील ड्राइभ सिस्टम भएको कारण यसको पर्फमेन्स पनि उच्च रहने छ ।

कम्पनीले बी-१० एसयूभीमा ५६.२ र ६७.१ किलोवाट आवरको एलएफपी ब्याट्री दिइएको छ । यी ब्याट्रीलाई ११ किलोवाटसम्म क्षमताका एसी चार्जर र १६८ किलोवाटसम्मका डिसी फास्ट चार्जरको प्रयोगबाट चार्ज गर्न सकिन्छ ।

सहरी क्षेत्रमा नै ४६० किलोमिटर रेन्ज दिने दावी गरिएको बी-१० एसयूभीमा एडास लेभल टु फिचर पाउन सकिन्छ ।

साइजको आधारमा पनि बी-१० पर्फेक्ट लाग्छ । यसको लम्बाइ ४५१५ एमएम, चौडाइ १८८५ एमएम र उचाइ १६५५ एमएम छ । यसमा २७३५ एमएम लामो ह्वीलवेस छ ।


Back_to_top