काठमाडौं । चीनमा मिनी रेन्ज रोभरको नामले चर्चा कमाएको जेको जे-फिाइभ नाइमा मोविलिटी एक्स्पोमा सार्वजनिक भएको छ । अटो शोमा प्रदर्शनीमा राखिएको जे-फाइभको बुकिङ पनि सुरु भएको हो ।
ओमोडा/जेकोको आधिकारीक बिक्रेता एपीजी अटोमोबाइलले जे-फाइभ एसयूभीको मूल्य ६० लाख ९९ हजार रुपैयाँ राखेर त्यसमा नाइमा अफर भन्दै ४ लाख रुपैयाँ नगद छुट दिने भएको हो । अफर मूल्य ५६ लाख ९९ हजार कायम गरेको हो ।
जेको जे-फाइभ १५५ किलोवाट क्षमताको फ्रन्ट ह्वील मोटरमा उपलब्ध छ । निकै पावरफुल मोटरमा नेपाल आएको जेको जे-फाइभको ग्राउन्ड क्लियरेन्स १८५ एमएम रहेको कम्पनीको दावी छ ।
जेको जे-फाइभमा ५८ किलोवाट आवरको एलएफपी ब्याट्री दिइएको छ । उक्त ब्याट्रीले सिंगल चार्जमा ४०० किलोमिटर हाराहारी रेन्ज दिनेछ ।
निकै स्मार्ट डिजाइनमा उपलब्ध जे-फाइभको लम्बाइ ४३८० एमएम, चौडाइ १८६० एमएम र उचाइ १६५० एमएम छ । यसमा दिइएको २६२० एमएम लामो ह्वीलवेस दिइएको छ ।
सुरक्षालाई विशेष प्राथमितामा राखेर बनाइएको एसयूभीमा एडास लेभल टु फिचर उपलब्ध छ । जे-फाइभमा एडाप्टिभ क्रूज कन्ट्रोल, अटोमेटीक इमेर्जेन्सी ब्रेकिङ जस्ता फिचर छन् । इन्टेलिजेन्ट क्लाइमेट कन्ट्रोल, रिमोट कन्ट्रोल फंक्शन र इन्टरनेट मार्फत सफ्टवेयर अपडेट पनि उपलब्ध हुनेछ ।
जे-फाइभमा सोनीले बनाएको साउन्ड सिस्टम र इन-कार माइक सुविधा पनि उपलब्ध छ । चेरीले यसलाई २० लाख किलोमिटरको परीक्षणपछि बजारमा उतारेको हो ।
मिनिमल डिजाइनमा तयार भएको इन्टेरियर, ड्यासबोर्डमा केही बटम सहितको १३.२ इन्चको ठूलो पोट्र्रेट टचस्क्रिन पाउन सकिन्छ । दुई कलरमा सजिएको लेदर सिटको प्रयोगले निकै आलिसान लाग्ने क्याविन बनेको छ । १.४५ वर्ग मिटर ठूलो प्यानोरोमिक ग्लास रूफले अलग ‘फिल’ दिन्छ ।
जेकोले जे-फाइभमा इन्डिपेन्डेन्ट सस्पेन्सन सेटअप दिएको छ । जसको कारण खराब बाटाहरुमा पनि सहज र आरामदायी ड्राइभिङ अनुभव पाउन सकिन्छ ।
मल्टी कलर एम्बियन्ट लाइटिङ, डबल-ग्लेज्ड साउन्ड प्रुफ ग्लास, वायरलेस चार्जिङ र पावर-एड्जस्टेबल फ्रन्ट सिटहरूले नलोभ्याउने कुरै भएन । फुल साइज स्पेयर टायर पनि उपलब्ध हुने भएकाले ढुक्कसँग यात्रा गर्न सकिन्छ । सामान राख्न ४८० लिटरको बुट स्पेस दिइएको छ । जुन पछाडिको सिट फोल्ड गर्दा ११८० लिटरसम्म विस्तार गर्न सकिन्छ ।

