काठमाडौं । नेपाली बजारमा म्याक्ससको मिफा ७ एमपीभी सार्वजनिक भएको छ ।
नेपालका लागि म्याक्ससको आधिकारिक बिक्रेता हिमालयन मोट्रक्सले बुधबार नाइमा मोबिलिटी एक्स्पोमा मिफा ७ सार्वजनिक गरेको हो ।
कम्पनीले मिफा ७ को मूल्य १ करोड २५ लाख रुपैयाँ तोकेर बिक्री सुरु गरेको हो । नाइमा मोबिलिटी एक्स्पो भरी बुकिङ गर्ने ग्राहकले १० लाख रुपैयाँ छुट पाउने कम्पनीले जनाएको छ ।
यो मिफा ७ नेपालमा प्रिमियम कार चढ्नेहरूको लागि अत्यन्त उपयुक्त हुने कम्पनीको दाबी छ । ७ सिटर मिफा ७ मा ९० किलोवाट आवरको ब्याट्री छ । यसले एकपटको फुलचार्जमा ६३५ किलोमिटर रेन्ज दिने डब्लूटीपीले प्रमाणित गरेको छ । यो डीसी फास्ट चार्जरबाट चार्ज गर्दा ३० मिनेटमा नै ३० देखि ८० प्रतिशतसम्म चार्ज हुन्छ ।
मिफा ७ मा १८० किलोवाटको हाइ पर्फमेन्स इलेक्ट्रीक मोटर छ । यसले ३५० न्यूटन मिटर टर्क जेनेरेट गर्दछ ।
मिफा ७ मा स्लाइडिङ ढोका, एईर्बी, ब्लाइन्ड स्पट मोनिटरिङ, ३६० डिग्री क्यामेरा, लेन कीप असिस्ट, स्वचालित इमर्जेन्सी ब्रेकिङ, अडष्टिभ कुज कन्ट्रोल जस्ता सुरक्षा फिचर्स छन् । यसले युरो एनक्यापमा ५ स्टार रेटिङ पाएको छ ।
प्रिमियम डुयल १२.३ इन्च डिजिटल डिस्प्लेका साथै अड्वान्स्ड मल्टिमिडिया सिस्टम, ठूलो साइजको प्यानोरामिक सनरूफ छ ।
कम्पनीले मिफा ७ को ब्याट्रीम ८ वर्ष वा २ दुई लाख किमी र मोटरमा ५ वर्ष वा १ लाख किमीको वारेन्टी दिएको छ । काठमाडौं । नेपाली बजारमा म्याक्ससको मिफा ७ एमपीभी सार्वजनिक भएको छ ।
त्यस्तै, कम्पनीले केृही समय अघि सार्वजनिक गरेको म्याक्सस ई टेरन ९ मा पनि ५ लाख रुपैयाँ छुट दिएको छ ।

