ठूलो इन्जिन तथा कम मूल्यको कारण प्रतिस्पर्धीलाई चुनौती बन्दै ‘एक्सटर्क २५०’

काठमाडौं । नेपालको भौगोलिक अवस्था अनुसार युवाहरुको चाहाना डर्ट सेग्मेन्ट र डबल स्पोर्टस् मोटरसाइकल सेग्मेन्टमा बढ्दै गएको पाइन्छ । यससँगै विभिन्न कम्पनीहरुले नयाँ नयाँ मोटरसाइकल समेत ल्याइरहेका छन् ।

पछिल्लो समय नेपाली बजारमा आक्रमक बजार विस्तारको नीति लिएको एसएलआर टेक्नोले नयाँ डर्ट सेग्मेन्टका बाइक ल्याएको हो । एसएअआर टेक्नो प्रालि मोटरहेड ब्राण्डको नेपालका लागि आधिकारिक वितरक हो । कम्पनीले कम मूल्यमा २५० सीसी डर्ट मोटरसाइकल एक्सटर्क २५० विक्री गर्दै आएको छ ।

मोटरहेड एक्सटर्क २५० डर्ट सेग्मेन्टमा प्रवेश गर्न चाहानेहरुका लागि लक्षित गरेर कम्पनीले बजारमा ल्याएको यो मोटरसाइकल मूल्यका हिसाबले बजार सुहाउँदो रहेको छ । हामीले छोटो समय यसको टेष्ट राइड गरेका थियौ ।

इन्जिन

यो मोटरसाइकलमा २५० सीसी एयर कुल्ड, कार्वुरेटर इन्जिन रहेको छ । यो इन्जिनले पावरभन्दा टर्क धेरै जेनेरेट गर्छ । यसले ८००० आरपीएमममा १९ बीएच पावरका साथै ६५०० आरपीएममा २० न्युनट मिटर टर्क जेनेरेट गर्छ । यो मोटरसाइकलमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ । यसको टप स्पीड क्षमता भने १२० किलोमिटर प्रतिघन्टा रहेको छ ।

डाइमेन्सन

यो मोटरसाइकलको लम्वाइ २१४५ एमएम, चौडाई ८५० एमएम, उचाई ११७३ एमएम रहेको छ । यस्तै यसको सिट हाइट ८२० एमएम र ग्राउन्ड क्लियरेन्स ३१० एमएम रहेको छ ।

ह्वील/ब्रेकिङ

यो मोटरसाइकलको दुबैतर्फ १७ इन्चको स्पोक ह्वील दिइएको छ । यसको स्पोक ह्वीलले यसलाई डबल स्पोर्टस मोटरसाइकलको रुप दिएको छ । तर, यो डर्ट मोटरसाइकलको रुपमा बजारमा आएकाले यसमा१९ इन्चको ह्वील दिएको भए अझै आर्कषक हुन सक्थ्यो ।

त्यस्तै यसको दुबै ह्वीलमा हाइड्रोलिक डिस्क ब्रेक उपलब्ध रहेको । यसको फ्रन्ट ब्रेकको तुलनामा रियर ब्रेक धेरै रेस्पोन्सिभ रहेको पाइयो ।

सस्पेन्सन

यसको फ्रन्टमा इन्भर्रटेड सस्पेन्सन र रियरमा आयल ड्याम्प सेन्टर सस्पेन्सन रहेको छ । यसको सस्पेन्सन अफरोड उपयोगी मानिन्छ ।

अन्य फिचर

प्रायः जसो डर्ट मोटरसाइकलमा ७/८ लिटर क्षमताको फ्यूल ट्याङ प्रयोग गर्ने गरिन्छ । यसमा १२ लिटरको फ्यूल ट्याङक प्रयोग गरिएको छ । यसका फाइदा तथा बेफाइदा दुबै पक्ष रहेको हुन्छ ।

त्यसैगरि यसमा कम्पनीले ह्याण्डल बारमा डबल पोर्ट चार्जिङ सकेट दिएको छ भने, फिटेड ह्यान्ड गार्ड (नकल गार्ड) दिएको छ । यसमा अतिरिक्त ह्यान्ड गार्ड प्रयोग गर्नु पर्दैन । त्यस्तै यसमा हेडल्याम्प तथा टेलल्याम्प प्रोजेक्टर ल्याम्प दिइएको छ भने, यसको टर्न इन्डिकेटर आकर्षक डिजाइनमा उपलब्ध रहेको छ । डर्ट बाइकको मूख्य बिशेषताको रुपमा रहने साउन्ड पनि यसमा राम्रो रहेको छ ।

मूल्य

यो मोटरसाइकललको मूल्य ३ लाख ८२ हजार रुपैयाँ रहेको । यो यसको प्रतिस्पर्धी अन्य कम्पनीको तुलनामा मूल्य कम मान्न सकिन्छ ।

निर्कष

डर्ट सेग्मेन्टमा प्रवेश गर्न चाहाने नयाँ राडरका लागि एक्सटर्क २५० उकृष्ट रोजाई हुन सक्छ । अन्य प्रतिस्पर्धी मोटरसाइकलको तुलनामा यसको डिजाइन तथा पावर उत्कृष्ट मान्न सकिन्छ । यसमा कम्पनीले केही कुरा सुधार गर्नु पर्ने समेत देखिन्छ ।

यसमा प्रयोग गरिएको अफरोड ह्वील अफरोडमा उत्कृष्ट पकड प्रदान गर्छ भने एबीएसको आवश्यकता महसुस हुन्छ । कम्पनीले एबीएस सुविधा थप गर्दा मोटरसाइकल अझै उत्कृष्ट हुन सक्छ । सामान्यतया सबै डर्ट मोटरसाइकलमा जस्तै यसमा पनि हल्का भाइव्रेसन महशुस हुन्छ । साथै, मोटरसाइकलको इन्जिनमा हुने हिट (तातो) चालकले फिल गर्न सक्ने किसिमको छ ।

यसमा पुर्णत एनालग कल्स्टर रहेको छ । कम्तीमा सेमि–डिजिटल क्लष्टरको अवश्यकता झल्कन्छ । यसको ह्याण्डल एकदमै कम्र्फट रहेको छ । यो मोटरसाइकलले यो सेग्मेन्टमा रनर हक, एक्सपल्स २०० जस्ता मोटरसाइकलसँग प्रतिस्पधा गर्न सक्छ । मूल्यका आधारमा कम मूल्य रहेको यो मोटरसाइकलले युवा वर्गको ध्यान खिच्न सक्छ । यसका लागि कम्पनीले विक्रीपछिको सेवामा पनि विशेष ध्यान दिनुपर्ने हुन्छ ।


Back_to_top