यी ५ कारण हिरो एक्स्ट्रीम १६० आर चर्चामा

हिरो मोटो कर्पले ल्याएको एक्स्ट्रीम १६० आर अहिले चर्चाको शिखरमा रहेको छ । कम्पनीले जयपुरको आरएन्डडी सेन्टरमा हिरो वर्ल्ड कार्यक्रमको आयोजनागरि आफ्नो नयाँ मोडल ‘एक्स्ट्रीम १६० आर’ सार्वजनिक गरेको थियो ।

यस्तोमा यो मोटरसाइकलले किन यति धेरै चर्चा पाउन सफल भएको छ र यसमा विशेष फिचरहरु के उपलब्ध रहेका छन् भन्ने विषयमा हामी जानकारी दिने प्रयास गर्दैछौं ।

सर्वाधिक छिटो कुद्ने १६० सीसीको मोटरसाइकल

हिरोले ल्याएको नयाँ एक्स्ट्रीम १६० आर यो सेग्मेन्टकै सर्वाधिक छिटो कुद्ने मोटरसाइकल भएको छ । यसले ० देखि ६० किलोमिटरको स्पीड भेट्टाउन केवल ४.७ सेकेन्ड मात्र समय लगाउने छ ।

कम्पनीले यसमा दिएको १६० सीसी एफआई इन्जिनले ८५०० आरपीएममा १५.२ बीएच पावर र ६५०० आरपीएममा १४ एनएम टर्क प्रदान गर्नेछ । यसमा कम्पनीले अटो शेल टेक्नोलोजी प्रयोग गरेको जनाएको छ ।

नयाँ ह्वील

हिरो एक्स्ट्रीम आरमा नयाँ डायमण्ड टाइप सिंगल डाउन ट्युव फ्रेम दिइएको छ । यसमा अगाडि ३७ एमएमको फर्क र पछाडि ७ स्टेप एड्जस्टेवल मोनोशक दिइएको छ । साथै, दुबै चक्कामा पेटल टाइप डिस्क ब्रेक दिइएको छ भने सिंगल च्यानल एबीएस उपलब्ध रहेको छ ।

एक्स्ट्रीम २०० आरभन्दा उत्कृष्ट फिचर

हिरोले आफ्नो एक्स्ट्रीम २०० आरको तुलनामा एक्स्ट्रीम १६० आर नयाँ मोडलमा अब्बल फिचरहरु उपलब्ध गराएको छ । कम्पनीले यसमा सबै किसिमका लाइट एलइडी प्रयोग गरेको छ भने यसमा पूर्णत डिजिटल डिस्प्लेको प्रयोग गरेको छ ।

कम्पनीले एक्स्ट्रीम २०० मा टेललाईट मात्र एलइडी प्रयोग गरेको थियो भने सेमिडिजिटल इन्ट्रुमेन्ट कन्सोलको प्रयोग गरेको छ ।

कन्सेप्ट जस्तै प्रडक्सन मोडल

 

हिरोले यसको कन्सेप्ट इआईसीएमए मोटरसाइकल शो २०१९ मा सार्वजनिक गरेको थियो । उक्त समय कम्पनीले यसको कन्सेप्टलाई ‘१.आर’ नामबाट प्रदर्शनी गरिएको थियो ।

बिक्री सुरु हुने मिति

कम्पनीले यसलाई मार्चबाट भारतीय बजारमा बिक्री गर्ने घोषणा गरिसकेको छ । नेपाली बजारमा भने यो मोटरसाइकल ढिलोमा भदौमा हुने नाडा अटो शो २०२० मा सार्वजनिक हुने अनुमान गर्न सकिन्छ ।


Back_to_top