याडियाले ल्यायो फेस्टिभ अफर, स्कुटर किन्दा ४५ हजारसम्म छुट

काठमाडौं । याडियाको इलेक्ट्रीक स्कुटरहरूमा फेस्टिभ अफर सुरू भएको छ

नेपालका लागि याडियाको आधिकारिक बिक्रेता कुजु नेपालले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी ‘बडा दशैं धमाका’ नामक अफर सुरू गरेको हो ।

याडिया ब्राण्डले विश्वको नम्बर वान ईभी ब्राण्डको रूपमा आठौं वर्षमा प्रवेश गरेको अवसरमा कुजु नेपालले यस फेस्टिभ अफर दिएको हो ।

यस अफर अन्तर्गत कम्पनीले बिक्री गर्दै आइरहेको याडियाको ४ मोडलका इलेक्ट्रीक स्कुटरहरूमा न्यूनतम ५ हजार देखि ४५ हजारसम्मको नगद रुपैयाँ छुट दिने भएको हो ।

कम्पनीले बिक्री गर्दै आइरहेको याडियाको कुल जोय मोडलमा सबै भन्दा न्यूनतम ५ हजार रुपैयाँ, ओविनमा २५ हजार, भेलक्स एचमा ४० हजार र ई ८ एसमा ४५ हजार रुपैयाँसम्म छुट दिने भएको हो ।

साथै, स्कुटर खरिद गर्नु अघि ग्राहकले टेस्टराइड पनि गर्न पाउने छन् । कम्पनीले यस अफरमा ईएमआई सुविधा पनि दिने बताएको छ ।

यो अफर नेपालभर रहेका याडियाको शोरुमहरूबाट लिन पाइन्छ ।

 


Back_to_top