काठमाडौं । याडियाले १५० किलोमिटर रेन्ज दिने बजेट स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले २ लाख ६० हजार रुपैयाँ तोकेर सार्वजनिक गरेको हो ।
याडिया इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारीक बिक्रेता कम्पनी कुजु नेपालले जी ६ मोडल नेपाल भित्र्याएको हो ।
कम्पनीको नक्साल स्थित शोरुममा आयोजिक एक कार्यक्रमका बीच नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान धिसिङले सार्वजनिक गरेको हुन् ।
यो स्कुटरलाई एक पटकको फुलचार्जमा १५० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दावी छ ।
स्पोर्टी डिजाइनमा रहेको याडिया जी ६ मा ३ किलोवाट क्षमताको मोटर रहेको छ । यसको टप स्पीड ६० किलोमिटर प्रतिघन्टा रहेको छ । यसमा २।७३ किलोवाट आवर क्षमातको ग्राफिन ब्याट्री उपलब्ध रहेको छ ।
यो ब्याट्रीलाई एक पटक फुल चार्ज गरेर १५० किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दावी छ । फ्रन्ट तथा रियर दुबै चक्कामा डिस्क ब्रेक भएको यो स्कुटरमा थुप्रै फिचर छन् ।
फराकिलो फ्लोर वोर्ड, अल एलइडी सेटअप, ३१ लिटर क्षमताको बुट स्पेस यसमा पाउन सकिन्छ । यसमा ब्याट्री रिजेनेरेशन सिस्टम समेत उपलब्ध छ । कम्पनीले यो स्कुटरमा उपलब्ध ब्याट्रीमा २ वर्ष वा २० हजार किलोमिटरसम्म वारेन्टी उपलब्ध गराउने जनाएको छ ।


