काठमाडौं । जीहो इलेक्ट्रीकले नयाँ वर्ष २०८१ स्कीम सार्वजनिक गरेको छ । कम्पनीले नेपाली नयाँ वर्षको अवसर पारेर ‘वि स्मार्ट राइड स्मार्ट’ नामक स्कीम ल्याएको हो ।
सीएफमोटो तथा जिहो इलेक्ट्रीकको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी ऋषि ट्रेड सेन्टरले ८१ हजारसम्म नगद छुट पाइने स्कीम सार्वजनिक गरेको हो ।
कम्पनीले जिहो इलेक्ट्रीक स्कुटर किन्न चाहाने ग्राहकले स्क्रयाचमार्फत ८ हजार १०० रुपैयाँदेखि ८१ हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्ने स्कीम ल्याएको हो । यो स्कीममा हरेक जिहो स्कुटर किन्ने ग्राहकले हेलमेट र तेस्रो पक्ष बिमा निःशुल्क पाउने छन् । यसै योजना अन्र्तगत एक्सचेन्जमा स्कुटर किन्ने ग्राहकले भने १५ हजार थप मूल्याङ्क पाउने कम्पनीले बताएको छ ।
चैत १५ गतेदेखि लागू हुने यो योजना बैशाख ३१ गतेसम्म चल्ने कम्पनीले जानकारी दिएको छ भने यो योजनमा सहभागी मध्ये एकजना भाग्यशाली ग्राहकले थाइल्याण्ड भ्रमणको प्याकेज जित्न सक्नेछन् ।
ऋषि ट्रेड सेन्टरले केही समय अगाडि मात्रै एइ ८ सार्वजनिक गरेको थियो भने नयाँ स्कुटर एई ६ प्लसको विक्री सुरु गरेको छ ।
कम्पनीले नक्साल, सल्लाधारी तथा झम्सिखेलमा शोरुम स्थापना गरेर विक्री तथा सर्भिसको काम गर्दै आएको छ ।


