आइतबारदेखि यामाहा ब्लू फेस्ट, नयाँ मोटरसाइकल लन्च हुने

काठमाडौं । यही चैत २९ गतेदेखि यामाहाले ब्लू फेस्ट आयोजना हुने भएको छ ।

नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लू राइडले काठमाडौंको भृकुटीमण्डपमा ब्लू फेस्ट आयोजना गर्ने भएको हो ।

२०८३ वैशाख ५ गतेसम्म संचालन हुने उक्त ब्लू फेस्टमा ग्राहकले विशेष एक्सचेन्ज अफर, सहज फाइनान्स सुविधा तथा अन्य आकर्षक अफरहरू पाउने छन् ।

साथै, कम्पनीले सोही कार्यक्रमान नयाँ मोटरसाइकल पनि सार्वजनिक गर्ने भएको छ । कम्पनीले यामाहाको एफजेडएस सिरिजमा नयाँ जेन एफजेडएस एफआई नयाँ मोटरसाइकल बिक्री सुरू गर्ने बताएको हो ।

स्मार्ट राइड, उत्कृष्ट माइलेज र थप रोमाञ्चक अनुभवका लागि डिजाइन गरिएको यो नयाँ मोडलमा हाईटेक फिचरहरू समावेश गरिएको कम्पनीले जनाएको छ ।

उक्त ब्लू फेस्टमा इच्छुकहरूले यामाहाको नयाँ मोटरसाइकल हेर्नुका साथै टेस्ट राइड गर्ने अवसर पनि पाउने छन् ।


Back_to_top