काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरहरूको आधिकारिक बिक्रेता एमएडब्लू राइडर्सले आउँदै गरेको दशैं, तिहार र छठजस्ता चाडपर्वलाई मध्यनजर गरी नयाँ ग्राहक योजना ल्याएको छ । ‘बिगेस्ट १०शैं’ नामकबाट ल्याइएको स्कीममा धेरै फाइदा ग्राहकले पाउने छन् ।
यस योजना अन्तर्गत अफर अवधिभर यामाहाका मोटरसाइकल र स्कुटर खरिद गर्ने भाग्यशाली ग्राहकहरूले दश लाख रुपैयाँसम्मको हात खाली नजाने स्योरशट क्याशब्याक पाउने छन् ।
‘नेपालीहरूको महान चाड दशैंलाई हामी बडा दशैं पनि भन्छौं । बडा दशैंलाई नामजस्तै भव्य र ठूलो बनाउने सोच अनुसार नै हामीले यो अफर ल्याएका हौँ । यामाहाका बाइक र स्कुटरहरू किन्दा अधिकतम दश लाखसम्म नगद फिर्ता हुने र कसैको पनि हात खाली नजाने भएकाले हाम्रा ग्राहकहरूले यसपालीको दशैं अहिलेसम्मकै ठूलो र भव्य महशुस गर्ने हाम्रो विश्वास छ’, यामाहा नेपालका सीईओ संजीव शुक्लाले भने ।
यसका साथै यामाहाको स्टाइल, स्पोर्टीनेस र एक्साइटमेन्टले भरिपूर्ण एफजेडभी थ्री बाइकहरूमा दश वर्षको वारेन्टी पनि ग्राहकले पाउने छन् । यामाहाले अन–द–स्पट एक्सचेन्जको सुविधा पनि दिनेछ । साथै, शुन्य ब्याजदरमा कर्जा र सहज कर्जा सुविधा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।