भारतीय बजारमा मोस्ट वेटेड बाइकको रुपमा रहेको यामाहा एमटी–१५ लाई मार्च १५ मा सार्वजनिक गर्ने अनुमान सुरु भएको छ । यसअघि जनवरी २१ मा नै सार्वजनिक हुने अनुमान गरिएको यो बाइक अब भने मार्च १५ मा सार्वजनिक हुने बताईएको छ ।
यामाहाले केही समय अगाडि यस बाइकलाई थाइल्याण्डमा भने सार्वजनिक गरेको थियो । कम्पनीले आफ्नो स्ट्रीट फाइटर नेकेड बाइक धेरै पटक भारतीय सडकमा टेस्टिङ गरिरहेको समयमा देखिएको थियो ।
हालसम्म यामाहाले यसको बुकिङको बारेमा भने कुनै आधिकारीक धारण सार्वजनिक गरेको छैन् । तर, पुने स्थीत केही डिलरले यो बाइकको बुकिङ लिन सुरु गरेका छन् । ५ हजार तिरेर बुकिङ लिइरहेका डिलरले मार्चमा बाइक डेलिभरी दिने बताएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
नयाँ बाइकको इन्जिन भने हालै सार्वजनिक भएको यामाहा आर १५ भी–३ बाट लिइएको छ । आर १५ भी–३ ले भारतीय बजारमा राम्रो प्रभाव पारीसकेको छ । सोहि इन्जिन प्रयोग गरिएको यामाहा एमटी १५ लाई कम्पनीले भी–३ को जस्तो एग्रेसिफ राइडिङ पोजिसन दिएको छैन यो लामो यात्रा गर्ने तथा रेगुलर यात्रा गर्नेहरुका लागी आरामदायी हुनेछ ।
कम्पनीले आर्कषण डिजाइनमा बनाएको यो बाइक यामाहा एमटी ०९ कै डिजाइनबाट प्रभावित रहेर बनाएको छ । मस्कुलर फ्यूल ट्याङकका साथमा बगआई हेडल्याम्प दिइएको बाइकमा नयाँ डिजिटल क्लस्टरको प्रयोग गरिएको छ ।
यामाहा एमटी–१५ मा १५५ सीसीको सिगंल सिलिन्डर लिक्विड कुल्ड, ४ भल्भ फ्यूल इन्जेक्सन इन्जिन रहेको बाइकले १९.३ बीएचपी पावर तथा १५ एनएम टर्क जेनेरेट गर्छ । ६ गियर ट्रान्समिसन दिइएको यो बाइक चेन ड्राइभ प्रबिधिमा संचालन हुनेछ ।
३७ एमएमको यूएसडी र्फोक प्रिलोड एडजस्टेवल मोनोसक प्रयोग गरिएको बाइकको फ्रन्ट ह्वीलमा २६७ एमएमको रेडियल डिस्क ब्रेक तथा रियर ह्वीलमा २२० एमएमको रोटोर फ्लोटीङ क्यालीपर डिस्क ब्रेक उपलब्ध रहेको छ । एबीएस सुबिधा युक्त यो बाइक स्लिपर क्लचसहित आउने अनुमान गरिएको छ ।
बाइकमा १७ इन्चको अलोय ह्वील दिइएको छ भने, १० लिटर क्षमताको फ्यूल ट्यांक रहेको छ । १३३ केजी तौलको यो बाइक १९६५ एमएम लम्बाइ तथा ८०० एमएम चौडाइ रहेको छ भने यसको उचाइ १०६५ एमएम रहेको छ ।
१ लाख २० हजार भारतीय रुपैयाँ एक्स शोरुम मूल्य पर्ने अनुमान गरिएको यो बाइकले ड्यूक १२५, बजाज एनएस २०० सँग प्रतिस्पर्धा गर्ने छ ।
भारतीय बजारमा सार्वजनिक भए पश्चात् यो बाइक नेपालसमेत भित्र्याउने एमएडब्ल्यू स्रोतले जनाएको छ । नेपाली बजारमा आउँदा यो बाइकको मूल्य ४ लाख रुपैयाँको हाराहारमिा पर्ने अनुमान गरिएको छ ।

