तीन नयाँ मोडल परिक्षण गर्दै यामाहा, दुई मोडल माघबाट बिक्री सुरु हुने

काठमाडौं । यामाहाले नेपाली बजारमा तीन नयाँ मोडलको सडक परिक्षण गरिरहेको छ । कम्पनीले अहिले एक्टीजेड १५०, एनम्याक्स १५५ र फेसिनो १२५ को परिक्षण गरिरहेको हो ।

कम्पनी स्रोतका अनुसार एक्टीजेड १५० र एनम्याक्स १५५ एकसाथ सार्वजनिक गर्ने तयारी गरिरहेको छ । कम्पनीले यी दुई मोडललाई माघ महिनाबाट बिक्री सुरु गर्नेछ ।

त्यसैगरी यामाहाको चर्चित स्कुटर फेसिनो १२५ भने तत्काल बजारमा आउने छैन । कम्पनीले परिक्षण पुरागरि आगामी चैतको अन्तिम सातासम्ममा यसलाई बजार उतार्ने तयारी गरेको छ ।

‘अहिले हामी तीन नयाँ मोडलको सडक परिक्षण गरिरहेका छौं । चाँडै दुई मोडल सार्वजनिक गर्नेछौं भने एउटा मोडललाई केही महिना लाग्ने छ’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।

यस्तो छ एक्सटी जेड १५०


ब्राजिलमा उत्पादन भएको यामाहा एक्सटीजेड–१५० एडभेन्चर बाइकमा १४९.३ सीसीको फोर स्टोक, एसओएचसी २ भल्व, सिंगल सिलिन्डर, एयर कुल्ड इन्जिन दिएको छ । जसले ७५०० आरपीएममा १२.३ बीएचपी र ६००० आरपीएममा १२.७५ एनएम टर्क उत्पादन गर्छ भने ११० किलोमिटर प्रतिघन्टाको रफ्तार पकडन सक्ने छ ।

वेट मल्टी डिस्क क्लचयुक्त एक्सटीजेड–१५० मा ५ स्पीड गियरबक्स दिइएको छ । अफरोडको लागि विशेष किसिमले डिजाइन गरिएको यो बाइकले प्रतिलिटर ४० किलोमिटर माइलेज प्रदान गर्ने बताइएको छ ।

यो बाइकको लम्बाई २०४९ एमएम, चौडाई ८२९ एमएम र उचाई ११५९ एमएम रहेको छ भने बाइकको ह्वील बेस भने १३४९ एमएम रहेको छ । बाइकको तौल १२४ केजी रहेको छ ।

२३४ एमएम ग्राउन्ड क्लियरेन्स रहेको बाइकको सिट हाइट ८४० एमएम रहेको छ । ११ लिटरको फियूल ट्याङ्क रहेको बाइक ३ लिटर इन्धन बाँकी रहँदा रिर्जभमा लाग्ने छ ।

अगाडिको चक्कामा २४५ एमएम र पछाडि २०३ एमएमको हाइड्रोलिक डिस ब्रेक रहेको छ । अगाडि टेलिस्कोपिक फर्क र पछाडि १६० एमएमको मोनो–क्रस रियर स्केल सस्पेन्सन रहेको छ ।

यसको मूल्यको विषयमा भने कम्पनीले अहिलेसम्म कुनै जानकारी दिएको छैन ।

एनम्याक्स १५५


अन्तर्राष्ट्रिय बजारमा पावरफुल स्कुटरको माग बढेसँगै यामाहाले नयाँ नयाँ स्कुटरहरु ल्याई रहेको समयमा आएको एनम्याक्समा स्लिकर  हेडलाइट, फ्रन्ट ब्लिन्कर्स, अपडेटेड विन्डस्क्रिन, फ्रन्ट एप्रोन, आकर्षक बडी प्यानलको विशेषता समेटिएको छ ।

यसमा नयाँ एलसिडी, इन्स्ट्रुमेन्ट कन्सोल, ब्लिन्कर्स, एलइडी स्क्रिन, ब्ल्युटुथ कनेक्टीभिटीको फिचर दिइएको छ । जसमार्फत, मोबाइलमा आएको म्यासेज, पार्किङ लोकेशन, मर्मतको समयावधी, इन्धन खपतलगायतका जानकारी पाउन सकिने कम्पनीले जनाएको छ ।

स्प्लिट स्टाइल एलइडी टेलाइट, स्मार्ट मोटर जेनेरेटर, स्टार्ट स्टप फक्शन, ट्राक्शन कन्ट्रोल सिस्टम, किलेस इग्नीशन, हाजार्ड लाइट, इलेक्ट्रीक पावर सकेट जस्ता फिचर समेटिएको छ । साथै, एसओएचसि एफआई इन्जिन यसको अर्को बलियो पक्ष हो । उक्त इन्जिनले ८ हजार आरपीएममा १५.३ पिएस पावरका साथै ६५ सय आरपिएममा १३.९ एनएम टर्क उत्पादन गर्छ । यसमा डबल च्यानल एबीएसको विशेषता दिइएको छ ।

फेसिनो १२५


यामाहाले ११० सीसी क्षमताका स्कुटरको उत्पादन बन्द गर्दै १२५ सीसी क्षमतामा ल्याएको फेसिनो १२५ मा बीएस ६ मापदण्डको इन्जिन दिएको छ । अब यी स्कुटरमा फ्युल इन्जेक्टेड इन्जिन लगाएको छ ।

नयाँ फेसिनोमा उपलब्ध एफआई इन्जिनले ८.२ हर्ष पावरका साथै ९.७ एनएम टर्क उत्पादन गर्छ । पुरानो मोडलको तुलनामा नयाँ मोडलले १६ प्रतिशत बढि माइलेज दिने कम्पनीको दाबी छ ।

यस स्कुटरमा स्टप स्टार्ट, स्मार्ट मोटर जेनेरेटर, साइड स्टान्ड इन्जिन लगायतका विभिन्न विशेषता दिइएको छ । स्कुटरमा डिजीटल इन्स्ट्रुमेन्ट कन्सोल र त्यसमा लाग्ने फिचर समेटिएको छ ।


Back_to_top