एकपटकको फुल चार्जमा १०१८ किमि चल्ने इलेक्ट्रीक बस नेपाल आउँदै

काठमाडौं । ब्राइसन ब्राण्डका इलेक्ट्रीक बस नेपाली बजारमा आउने भएको छ । ब्राइसन विश्व रेकर्ड बनाउन सफल गाडी उत्पादनक कम्पनी हो ।

कम्पनीले सन् २०१५ मा एकपटकको फुल चार्जमा १०१८ किलोमिटर बस चलाएर विश्व किर्तिमान बनाएको थियो । उक्त बसलाई नेपाली बजारमा हिमालयन अर्गनाइजेशन अन्तर्गतको हिमालय मोटरक्स प्रालिले ल्याउने भएको हो ।

अष्ट्रेलियन प्रविधिमा तयार भएका यी बसमा प्रयोग भएको व्याट्रीमा २० वर्षको ग्यारेन्टि प्रदान गरिने हिमालय मोटरक्सले जनाएको छ ।

यी बसमा प्रयोग भएका इलेक्ट्रीक मोटरले १०७ बीएचदेखि १८७ बीएचसम्मको पावर प्रदान गर्ने कम्पनीको आधिकारीक वेभ साइटमा उल्लेख गरिएको छ भने ६०० एनएम टर्क प्रदान गर्नेछ ।

यी बसमा प्रयोग भएको व्याट्रीलाई चार्ज गर्न ४ देखि ८ घण्टा लाग्ने छ ।


Back_to_top