होन्डाले २०० सीसी क्षमताका ३ मोटरसाइकल भारतमा बनाउने

जापानीज मोटरसाइकल निर्माता कम्पनी होन्डाले भारतमा २०० सीसी सेग्मेन्टमा मोटरसाइकल निर्माण गर्ने भएको छ । कम्पनीले दक्षिण एशियाली बजारलाई लक्षित गरेर २०० सीसी सेग्मेन्टमा मोटरसाइकल निर्माण गर्ने भएको हो ।

कम्पनीले २०० सीसी सेग्मेन्टमा नेकेड, फियर्ड तथा एड्भेन्चर वेस मोटरसाइकल निर्माण गर्ने भएको अनुमान गरिएको छ । उक्त प्लेटफर्ममा सन् २०२१ मा पहिलो मोटरसाइकल बजारमा आउन सक्नेछ । २०० सीसी सेग्मेन्टमा ल्याउने उक्त मोटरसाइकलले बजाज पल्सर एनएस २००, अपाचे आरटीआर २०० जस्ता मोटरसाइकलसँग प्रतिस्पर्धा गर्नेछ ।

समान्य रुपमा यो मोटरसाइकलमा एलइडी हेडल्याम्प, डिजिटल इन्स्टुमेन्ट क्लस्टर तथा स्मार्ट कनेक्ट जस्ता फिचर रहने अनुमान गरिएको छ ।

यसको इन्जिनमा २०० सीसी एयरकूल्ड सिगंल सिलिन्डर इन्जिन रहने छ । जसले २०-२३ पीएस पावर जेनेरेट गर्ने अनुमान छ । कम्पनीको हाल भारतमा उत्पादन गरेको मध्ये प्रिमियम मोटरसाइकलमा होन्डा सीबी हर्नेट १६० रहेको छ ।

२०१४ अटो एक्सपोमा कम्पनीले सीएक्स ०१ कन्सेप्ट मोटरसाइकल सार्वजनिक गरेको थियो । यहि मोटरसाइकलको वेसमा २०० सीसी नयाँ मोटरसाइकल बनाउन लागेको समेत अनुमान गरिएको छ । यो मोटरसाइकलको डिजाइन समेत होन्डाको भारतीय रिसर्च एण्ड डेभलपमेन्ट कम्पनीले नै गरेको थियो ।

कम्पनीले २०० सीसी सेग्मेन्टमा एड्भेन्चर मोटरसाइकल समेत निर्माण गर्ने अनुमान गरिएको छ । हाल भारतीय बजारमा २०० सीसी सेग्मेन्टको एड्भेन्चर मोटरसाइकलमा हिरो एक्सपल्सले राम्रो बजार पाइरहेको छ । होन्डाले २०० सीसी सेग्मेन्टमा निमार्ण गर्ने उक्त मोटरसाइकल एशियाली बजारमा निर्यातसमेत गर्नेछ ।


Back_to_top