टोयोटाको घोषणाः यूरोप र एसियाको लागि नयाँ कम्प्याक्ट एसयूभी

यो तस्बिर टोयोटा यारिस क्रसको हो ।
यो तस्बिर टोयोटा यारिस क्रसको हो ।

टोयोटाले विश्वबजारमा बिक्री गर्नेगरि कम्प्याक्ट एसयूभी ल्याउन लागेको कुरालाई पुष्टी गरेको छ । कम्पनीले केही समय अगाडि जापानमा ल्याएको रकीको सफलतासँगै अन्य देशमा बिक्री गर्ने गरि नयाा एसयूभकिो तयारी भइरहेको जानकारी दिएको हो ।

कम्पनीले ल्याउने नयाँ एसयूभी यारिसको प्ल्याटफर्ममा उत्पादन गरिने कम्पनीले जनाएको छ । टोयोटाको कम मूल्यको गाडी उत्पादन गर्ने टिएनजीए–बी प्ल्याटफर्ममा उक्त कम्प्याक्ट एसयूभी निर्माण गर्न लागेको हो । यसलाई अन्तर्राष्ट्रि बजारमा सिएचआरभन्दा कम मूल्यमा बिक्री गर्ने कम्पनीले योजना बनाएको छ ।

५ सीट क्षमतामा आउने यो एसयूभीमा १.० लिटर टर्बो र १.५ लिटर पेट्रोल इन्जिनमा ल्याउने जनाएको छ । यसमा दिइने पेट्रोल इन्जिनले ११३ बीएच पावर प्रदान गर्ने अनुमान छ ।

साथै, कम्पनीले ल्याउने उक्त एसयूभी मुख्यत फ्रन्ट ह्वील ड्राइभ अप्सनमा उपलब्ध हुनेछ । यसको हाई भेरियन्ट भने अल ह्वील ड्राइभ अप्सनमा उपलब्ध हुने अनुमान गरिएको छ ।


Back_to_top