यामाहाले आफ्नो चर्चित मोडल सिवाइजी न्युएस रे जेडको नयाँ एडिशन ‘स्ट्रिट र्याली’ भारतमा केही दिनअघि सार्वजनिक गरेको थियो । ५७ हजार ८ सय ९८ भारु बिक्री मूल्य रहेको स्ट्रिट र्यालीको डेलिभरी कम्पनीले सुरु गरेको जनाएको छ ।
यो स्कुटरमा अपडेटेड फिचर दिइएको छ । रेजेड आर स्ट्रीट र्याली नयाँ डिजाइनमा आधारित मोडल हो । यसको स्वरुप यामाहाको एमटी–०९ जस्तै रहेको कम्पनीले जनाएको छ ।
‘स्ट्रिट र्याली’मा स्टार्टअप तथा स्पोर्टी मिररको विशेषता दिइएको छ । यसमा डिजिटल इन्स्ट्रुमेन्ट कल्स्टरसमेत लगाईएको छ । स्टान्र्डड मोडल जस्तै ११३ सिसिको एयरकुल्ड ब्लु कोर इन्जिन दिइएको छ जसले ७.१ बिएचपीपावरका साथै ८.१ न्युटन टर्क उत्पादन गर्छ । यसमा इन्जिनसँगै रोलर आर्म दिइएको छ, जसले कम स्पीडमा स्कुटर चलाउदापनि बढी पावर उत्पादन गर्न सक्छ ।
अत्याधुनिक विशेषतासहित सार्वजनिक भएको यो स्कुटरले भारतमा दुई कलर अप्शनमा सार्वजनिक भएको छ । यसको प्रतिस्पर्धा होन्डा डियोसँग हुने कम्पनीले जनाएको छ । नेपाली बजारमा यो स्कुटर केही समयपछि मात्रै आउने छ ।


