सस्तो मूल्यमा हिरोले बनायो डट बाइक ‘एक्स-पल्स’

हिरो मोटोकर्पले आफ्नो नयाँ उत्पादन एक्स पल्स डट मोटरसाइकल डिसेम्बरमा सार्बजनिक गर्ने भएको छ ।

कम्पनीले पहिलो पटक एक्सप्लसलाई इटलीको मिलानमा आयोजित २०१७ इआइसीएमए शोमा यसको कन्सेप्ट सार्वजनिक गरेको थियो । 

यसलाई कम्पनीले २०१८ दिल्ली मोटर शोमा शोकेस गरेको थिो । अब यो बाइक उतपादन भएको छ, कम्पनीले यसलाई डिसेम्बरमा भारतीय बजारमा ल्याउने जनाएको छ । 

कस्तो छ बाइक ? 

यस बाइकमा सर्कुलर एलइडी हेडल्याम्प र क्रेश गाइर्डमा दुई वटा एलइडी ल्याम्प जडान गरिएको छ । बाईकमा लामो दुरीको लागि फ्रन्टमा गेटर्सको साथै अगाडि मोनोसक दिइएको छ । 

यस मोटरकाइकलमा स्कोप ह्वील्सको साथै अगाडि र पछाडि दुबै चक्कामा डिस्क बे्रक जडान दिइएको छ । सुरक्षाको लागि बाइकमा एबिएस फिचरसमेत दिइएको छ । 

इन्जिन

एक्स पल्स २००सीसीको इन्जिन जडान गरिएको छ, जसले १८.४ बीएचपी पावरको साथै १७.१ एनएम टर्क उत्पादन गर्छ । ५ स्पीड गिएरबक्स रहेको यस बाइकमा १४ लिटरको फ्युल ट्याङक दिइएको छ । 

बाइकले ३२ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीले दाबी गरेको छ । 

मूल्य 

हिरो एक्स पल्सलाई कम्पनीले भारतमा एक लाख रुपैयाँकाे हारहारीमा बजारमा ल्याउने बिभिन्न मिडिया रिपोर्टले अनुमान गरेका छन् । 


Back_to_top