काठमाडौं । नाइमा मोबिलिटी एक्स्पो र नाडा अटो शोमा ओमोडा र जेको ब्राण्डका गाडी बुकिङ गरेका ग्राहकले चाँडै डेलिभरी पाउने भएका छन् ।
नेपालका लागि ओमोडा जेकोको आधिकारिक बिक्रेताले कोरला नाका हुँदै ल्याएका गाडी भन्सार जाँचपास पूरा गरी देशभरका डिलरतर्फ हिँडेका हुन् । यससँगै अब केही दिनैमै ग्राहकले देशैभरबाट डेलिभरी पाउने कम्पनीले जनाएको छ ।
भदौ १० गते आएको बाढीले रसुवागढी नाका बन्द भएसँगै कम्पनीले ग्राहकलाई समयमै डेलिभरी दिन कोरला नाका हुँदै गाडी ल्याएको हो ।
ओमोडा र जेकोको उत्पादन पोर्टफोलियोमा आधुनिक डिजाइन, अत्याधुनिक प्रविधि, प्रिमियम कम्फर्ट तथा उन्नत सुरक्षा प्रविधिको संयोजन रहेको छ । ओमाडा ई फाइभ र ई फाइभ प्रोमा १९१ एमएम ग्राउण्ड क्लियरेन्स, इलेक्ट्रिक सनरुफ, लेभल टु २.५ एडास, भेन्टिलेटेड, हिटेड तथा मसाज सिट र प्रिमियम इन्टेरियरजस्ता सुविधाहरू रहेका छन्।
त्यस्तै, जेको फाइभ र जे फाइभ प्रोमा १८५ एमएम ग्राउण्ड क्लियरेन्स, पानोरामिक मुनरुफ, ४८० लिटरको बुट स्पेस, १५.६ इन्चको सेन्ट्रल टचस्क्रिन तथा भेन्टिलेटेड सिटजस्ता सुविधा उपलब्ध छन्।
त्ययसैगरी, जेको जे सिक्स टीमा २२५ एमएमको सेग्मेन्टमै उत्कृष्ट ग्राउण्ड क्लियरेन्स, पानोरामिक सनरुफ, ४३१ किलोमिटरसम्मको रेन्ज, ६५.६९ किलोवाट आवरको ब्याट्री तथा १३५ किलोवाटको मोटर छ ।


