काठमाडौं । अटोमोबाइलका सेग्मेन्टहरू सामान्यतः बुझ्न सजिला हुन्छन्। गाडीको मूल्य, आकार र उपलब्ध फिचरका आधारमा ग्राहकले त्यसबाट कस्तो अनुभव अपेक्षा गर्ने भन्ने अनुमान लगाउन सक्छन्।
तर, नेपालमा हालै सार्वजनिक भएको दीपल नेभो क्यू०५ ले यो परम्परागत समीकरणलाई चुनौती दिएको छ । इलेक्ट्रीक एसयूभीका रूपमा बजारमा आएको क्यू०५ ले स्पेस, कम्फर्ट, डिजाइन र प्रविधिमा आफ्नोभन्दा माथिल्लो सेग्मेन्टका गाडीमा पाइने अनुभव दिने प्रयास गरेको छ।
यसको फरकपन सबैभन्दा पहिले क्याबिनभित्र अनुभव हुन्छ । २,७३५ एमएमको ह्वीलबेसले सहरी सडकका लागि उपयुक्त आकार कायम राख्दै यात्रुका लागि पर्याप्त ठाउँ उपलब्ध गराउँछ। पछाडिको सिटमा तीन जना वयस्क सहज रूपमा बस्न सक्ने गरी डिजाइन गरिएको छ । सिटलाई २८ डिग्री वा ३३ डिग्रीमा ढल्काउन सकिने भएकाले यात्रुले दूरी र आवश्यकताअनुसार बस्ने मुद्रा परिवर्तन गर्न सक्छन्।
कम्फर्ट केवल स्पेसमा सीमित छैन। क्यू०५ मा नौ तहमा तयार गरिएको सिट संरचना प्रयोग गरिएको छ । जसले नरमपन, शारीरिक सपोर्ट र टिकाउपन बीच सन्तुलन कायम गर्छ । यात्रुले नियमित रूपमा छुने क्याबिनका भागमा सफ्ट टच सामग्री प्रयोग गरिएको छ। सडक र गाडीबाट आउने अनावश्यक आवाज तथा कम्पन कम गर्न ६७ भन्दा बढी एनभीएच नियन्त्रण उपाय अपनाइएको छ।
डिजाइनमा पनि क्यू ०५ को लक्ष्य आफ्नो सेग्मेन्टभन्दा माथि देखिन्छ। चांगानका ग्लोबल डिजाइन भाइस प्रेसिडेन्ट क्लाउस जिकोराको नेतृत्वमा तयार भएको यसको डिजाइन प्रक्रियामा ३१ देशका ९१५ भन्दा बढी डिजाइन विज्ञ संलग्न थिए । क्यू०५ को यही डिजाइनले सन् २०२६ को गोल्डेन ए’ डिजाइन अवार्ड प्राप्त गरेको छ।
डिजिटल विङ २.० फ्रन्ट सिग्नेचर र स्टार रिङ म्याट्रिक्स टेललाइटले यसलाई छुट्टै पहिचान दिएका छन्। त्यस्तै, ०.२६५ सीडी ड्र्याग कोइफिसियन्टले यसको सफा डिजाइन केवल आकर्षक देखिनका लागि नभई हावाको प्रतिरोध घटाउन पनि तयार गरिएको देखाउँछ।
प्रविधितर्फ, क्यू०५ मा ५१.९ किलोवाट आवरको क्याटल एलएफपी ब्याट्रीसँग गोल्डेन शिल्ड ब्याट्री २.० प्रविधि उपलब्ध छ। उपयुक्त चार्जर, तापक्रम र सञ्चालन अवस्थामा यसको थ्री सी फास्ट चार्जिङ प्रणालीले ब्याट्रीलाई करिब १५ मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सक्छ।

५४० डिग्री क्यामेराले गाडीको वरिपरि र तलको क्षेत्र हेर्न सहयोग गर्छ। भेरियन्टअनुसार उपलब्ध १८ वटासम्म ड्राइभर असिस्टेन्स फिचरले ड्राइभिङलाई थप सहज र सुरक्षित बनाउन सहयोग पुर्याउँछन्।
यसको वास्तविक शक्ति स्पेस, कम्फर्ट, डिजाइन र प्रविधिले नै यसलाई आफ्नो सेग्मेन्टमा अरुभन्दा फरक बनाएको छ । क्याबिन फराकिलो भए पनि एसयूभीलाई सहरमा चलाउन अप्ठ्यारो हुँदैन। डिजाइन आकर्षक भए पनि दक्षतामा सम्झौता गरिएको छैन। प्रविधि उन्नत छ, तर दैनिक आवश्यकतामै केन्द्रित छ।
यही सन्तुलित र पूर्ण अनुभवले दीपल नेभो क्यू०५ लाई आफ्नो सेग्मेन्टभित्र सीमित नरहने वास्तविक अर्थमा ‘अ क्लास अबभ’ एसयूभी बनाएको कम्पनीको दाबी छ ।


