यामाहाले भारतमा इलेक्ट्रीक स्कुटर बनाउने

काठमाडौं । बजारमा इलेक्ट्रीक टू ह्वीलर माग बढ्दै गएसँगै स्थापित ब्राण्डले पनि स्कुटर उत्पादन सुरु गरेका छन् । भारतीय ब्राण्ड बजाज र टीभीएसले इलेक्ट्रीक स्कुटर उत्पादन सुरु गरेको झण्डै २ वर्ष भइसकेको छ । अब भने अर्को ब्राण्ड यामाहाले पनि भारतमा स्कुटर उत्पादन गर्ने भएको हो ।

नेपालमा पनि चार पाङ्ग्रे सवारीसाधनको तुलनामा दुई पाङ्ग्रेको बजार विस्तार हुन सकेको छैन । यसको मुख्य कारण चल्तीका ब्राण्डले इलेक्ट्रीक स्कुटर उत्पादन नगर्नुलाई मानिन्छ ।

यसै अवसरलाई सदुपयोग गर्दै यामाहा इन्डियाले दुई पाग्रे इलेक्ट्रीक सवारी साधनमा ठूलो योजना अघि सारेको मिडिया रिपोर्टहरुमा उल्लेख छ ।

यामाहा इन्डियाका चेयरम्यान इशिनका अनुसार यामाहाले अन्तर्राष्ट्रिय बजारमा विक्री गर्दै आएको इलेक्ट्रीक मोडल बजारमा ल्याउने संकेत गरेका छन् ।

केही दिन अघि भएको यामाहा इन्डियाको डिलर्स मिट कार्यक्रममा यामाहाको दुई मोडलका इलेक्ट्रीक स्कुटर प्रर्दशन गरिएको थियो । यसले पनि यामाहाले २०२३ भित्र इलेक्ट्रीक स्कुटर भारतमा विक्री सुरु गर्ने अनुमान गर्न सकिन्छ । डिलर्स मिट कार्यक्रममा अन्तर्राष्ट्रिय बजारमा उपलब्ध इ ०१ र निओस प्रर्दशनमा राखिएको थियो ।

निओस न्यु जेनेरेश इलेक्ट्रीक स्कुटर यूरोपमा विक्री भइरहेको स्कुटर रहेको छ । यामाहा इन्डियाका चेयरम्यानले निओस भारतमा नै उत्पादन गर्ने विषय अगाडि बढेको संकेत गरेको हुन् ।

पछिल्लो समय भारतमा उत्पादन भएका इलेक्ट्रीक स्कुटरहरुमा समस्या देखिए पश्चात भारत सरकारले ब्याट्री उत्पादनमा ब्याट्रीको गुणस्तर मापदण्ड लगाउने भएको छ । यसको असर स्टार्टअप कम्पनीहरुमा पर्ने देखिन्छ । यसको फाइदा यामाहाले उठाउन सक्ने देखिन्छ ।

 


Back_to_top