काठमाडौं । होन्डाले केही महिना अघि इलेक्ट्रीक कारको कन्सेप्ट सार्वजनिक गर्दै आफु न्यू इनर्जी भेहिकलको लागि तयार रहेको सन्देश दिएको थियो । कम्पनी त्यति बेला ५ कन्सेप्ट कार सार्वजनिक गरेको थियो ।
चीनमा डोङफेङ मोटर र होन्डाले सहकार्य गर्दै आएका छन् । यी दुई ब्राण्डको संयुक्त लगानीमा तयार भइरहेको इःएनएस वान र इःएनपी वान मोडल सिंगल चार्जमा ५१० किलोमिटर रेन्ज दिनेगरी तयार भएको छ ।
कम्पनीले ल्याउन लागेको दुबै एसयूभी होन्डा एचआर–भीबाट प्रेरित रहेका छन् । नयाँ इलेक्ट्रीक एसयूभीलाई स्पोर्टी हेडल्याम्प, एलइडी डे टाइम रनिङ लाइट, गाडीको तल्लो बम्पर एरियामा दिइएको एलइडी लाइटले उत्कृष्ट लुक्स प्रदान गरेको छ ।
होन्डा इःएनएस वानमा यू आकारको एलइडी टेलल्याम्प, निकै आकर्षक देखिने अलोय ह्वील रहेको छ । साथै, होन्डाले पछिल्ला दिनमा प्रयोग गर्दै आएको अधिकांश आधुनिक फिचर यसमा प्रयोग गरेको छ ।
सार्प ड्यासबोर्ड, त्यसमा गज्जवले सजाईएको इन्फोटेन्टमेन्ट सिस्टम, डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, अटोमेटीक क्लाइमेट कन्ट्रोल, एम्बीयन्ट लाइट, लेदर सिट, वायरलेस चार्जर जस्ता फिचर पाउन सकिन्छ ।
होन्डाले अहिले यी एसयूभीलाई विक्री गर्ने स्पेशल रिटेल आउटलेट तयार गरिरहेको जनाएको छ । यसमा उपलब्ध ब्याट्री, मोटर, पावर, चार्जिङ साइकल जस्ता विषयमा केही दिनपछि विस्तृत विवरण सार्वजनिक गर्ने कम्पनीले जनाएको छ ।

