काठमाडौं । यामाहाका लागि नेपालको आधिकारीक वितरक एमएडब्ल्यू एन्टरप्राइजेजले नाडा अटो शो तथा आउँदै गरेको दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै नयाँ ग्राहक योजना ल्याएको छ । इन्टरप्राइजेजले यस योजनामा आफ्ना जुनुसुकै मोटरसाइकल तथा स्कुटरमा स्क्राच कार्डमार्फत सात हजारदेखि एक लाख रुपैयाँसम्म छुट दिने भएको हो ।
कम्पनीले ‘भिक्ट्री’ अफर अन्तर्गत बाइक तथा स्कुटर खरिदकर्ता मध्येबाट लक्की ड्र गरि एक जनालाई हरेक दिन एक लाख नगद प्रदान गर्ने भएको छ । यस्तै, लक्की ड्र मार्फत सातामा एकजनालाई आइफोन एक्सएस दिइने कम्पनीले जनाएको छ ।
कम्पनीले नेपाली बजारमा फेसिनो स्कुटर २ लाख ७ हजार ९ सय, सलुटो युबीएस २ लाख ७ हजार ९ सय, एक्सटीजेड बाइक ३ लाख ९९ हजार ९ सय, एफजेड भी थ्री ३ लाख १५ हजार ९ सय रुपैयाँमा बिक्री गर्दै आएको छ ।
यस्तै, वाजेडएफ आर थ्री बाइक ९ लाख २४ हजार ९ सय, एफजेड २५, ३ लाख ८९ हजार ९ सय, आर १५ भीथ्री ४ लाख ५७ हजार ९ सय, एजेड आरआर २ लाख ३० हजार रुपैयाँमा बिक्री गर्दै आएको छ ।
साथै, कम्पनीका दुई स्कुटर रे जेड युबीएस १ लाख ९० हजार ९ सय र रे जेडआर युबीएसको मूल्य २ लाख १५ हजार ९ सय रुपैयाँ रहेको छ ।

