नेपाल आयो इको स्पोर्ट थन्डर, यस्तो छ मूल्य र विशेषता

फाइल तस्विर

काठमाडौं । फोर्ड मोटर्सको नेपालको लागि आधिकारीक विक्रेता जिओ फोर्डले इकोस्पोर्टको थन्डर इडिसन नेपाल ल्याएको छ । नयाँ इकोस्पोर्ट थन्डर एडिसनको मूल्य ४७ लाख ४० हजार रुपैयाँ तोकिएको छ ।

सब फोर मिटर एसयूभीमा तिब्र प्रतिस्पर्धा भएपछि फोर्डले इकोस्पोर्ट थन्डर एडिसन बजारमा ल्याएको हो । पछिल्लो समय यो सेगमेन्टमा हुन्डाईले भेन्यू बजारमा ल्याएको छ भने भोलिबाट महिन्द्राले एक्सयूभी–३०० को बिक्री वितरण सुरु गर्नेछ । 

सबकम्प्याक्ट सेग्मेन्टमा कडा प्रतिस्पर्धा भएसँगै आफ्नो बजारलाई कायम राख्न फोर्डले इकोस्पोर्टको थन्डर इडिसन ल्याएको हो । नयाँ इकोस्पोर्टमा इन्टेरियर तथा एक्सटेरियरमा केही परिमार्जन गरिएको छ । 

यसमा इलेक्ट्रीक सनरुफ, सेन्टर कन्सोल, इन्ट्रुमेन्ट क्लस्टर, अलोय ह्वीललगायत परिवर्तन भएको छ । ९ इन्चको फ्लोटिङ टचस्क्रिनयुक्त इन्फोटेनमेन्ट सिस्टम नयाँ इकोस्पोर्टमा रहेको छ । 

थन्डर इडिसन इकोस्पोर्टमा १.५ लिटर टीआई–भीसीटी ३ सिलिन्डर पेट्रोल इन्जिनमा उपलब्ध रहेको छ । जसले १२३ पीएस पावर र १५० एनएम टर्क दिन्छ । त्यस्तै १.५ लिटर टीडीसीआई डिजेल इन्जिनले १०० पीएस पावर र २ सय ५ एनएम टर्क प्रदान गर्छ । दुवै इन्जिनमा ६ स्पीड म्यानुअल ट्रान्समिसनमा उपलब्ध रहेको छ ।


Back_to_top